युभेन्ट्सलाई ७ अंकको अग्रता | Khabarhub Khabarhub

युभेन्ट्सलाई ७ अंकको अग्रता


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा युभेन्टसले लिक्सीविरुद्ध फराकिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा युभेन्टसले लिक्सीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै सिरी ए मा युभेन्ट्सले दोस्रो स्थानको लाजियो भन्दा ७ अंकको अग्रता बनाएको छ ।

खेलको ३१ औं मिनेटमा लिक्सीका फावियो लुसिवनीले युभेन्टसका खेलाडीमाथि फाउल गरेपछि उनले रातो कार्ड पाएका थिए । ३१ मिनेटदेखि नै लिक्सी १० खेलाडीमा सीमित भए ।

लिक्सीले युभेन्ट्ससँग पहिलो हाफसम्म भने गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सम्हालिन नसक्दा ४ गोल खान पुग्यो ।

युभेन्ट्सको जीतमा पाउलो डिबेलाले खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ६२ मिनेटमा रोनाल्डोले गोल गर्दै दोहोरो अग्रता बनाएका थिए ।

२–० ले अघि रहेको युभेन्ट्सका लागि गोन्जालो हिग्वीनले ८३ औं मिनेटमा गोल गरे भने म्याथिज डि लिग्टले ८५ औं मिनेटमा गोल गरेपछि लिक्सी ४–० ले पराजित हुन पुगेको हो ।

जितसँगै युभेन्ट्सले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित लिक्सी २८ खेलबाट २५ अंकसहित अंक तालिकाको १८ औं स्थानमा छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ०१ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको