श्रीलंकामा एमसीसीबारे अध्ययन गर्न बनेको समितिले निकाल्यो यस्तो निष्कर्ष | Khabarhub Khabarhub

श्रीलंकामा एमसीसीबारे अध्ययन गर्न बनेको समितिले निकाल्यो यस्तो निष्कर्ष


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रति श्रीलंकामा असहमति देखिएको छ । नेपालमा समेत एमसीसी पारित गर्ने या नगर्ने भन्ने बहस भइरहेका बेला श्रीलंकामा एमसीसी अध्ययन गर्न बनेको समितिले सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अध्ययन समितिले श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेलाई बिहीवार साँझ प्रतिवेदन पेश गरेको थियो । समितिले एमसीसी कार्यान्वयन गर्ने देशहरुको वर्तमान अवस्था दुःखलाग्दो भएको बताएको छ ।

श्रीलंकाका राष्ट्रपतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत निर्देशन दिएका छन् ।

श्रीलंकामा एमसीसी सम्झौता पूर्व सरकारका पालामा गरिएको थियो । पछि राजनीतिक विरोध सिर्जना भएपछि एमसीसी तत्काल कार्यान्वयन गरिएको थिएन ।

एमसीसीबारे अध्ययन गर्न बनेको सरकारले ६ महिना लगाएर थप अध्ययन गरेको थियो । प्रतिवेदन बुझाउँदै समितिका प्रमुख ललिथासिरी गुनारुवानले एमसीसी सम्झौता कार्यान्वयन गरिए देशका लागि दुखःद हुने भन्दै चेतावनी समेत दिएका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ४८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड