मिले जितिन्छ, झै-झगडाले नासिन्छ : नेता पोखरेल | Khabarhub Khabarhub

मिले जितिन्छ, झै-झगडाले नासिन्छ : नेता पोखरेल


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश पाँचका मुख्यमन्त्रीसमेत रहेका नेकपाका नेता शंकर पोखरेलले पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण तयार गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री ओलीका निकटपात्र समेत रहेका मुख्यमन्त्री पोखरेल यतिबेला काठमाडौंमा छन् ।

सत्तारुढ दल नेकपाभित्र पछिल्ला केही दिन यता देखिएको संकट समाधानका लागि पोखरेल प्रधानमन्त्री केपी ओलीसँग छलफलमा रहेका छन् ।

नेता पोखरेलले आपसी कटाक्ष र टिप्पणी बन्द गर्न नेकपाका नेता कार्यकर्तालाई अपिल गरेका छन् । मिलेमा जितिने र झैझगडाले नसिने भएका कारण गम्भीर बन्न उनले आग्रह गरेका छन् ।

नेकपामा राजनीतिक संकट चुलिँदै जाँदा प्रधानमन्त्री ओलीले नेता पोखरेलमार्फत नेता माधव कुमार नेपालसहित अन्यसँग छलफल जारी रखेका थिए ।

मुख्यमन्त्री पोखरेलले नेता नेपालसँग निरन्तर छलफल गरिरहेका छन् । पार्टीमा देखिएको समस्या, समाधानका उपाय र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको धारणाबारे उनले छलफल गरिरहेका हुन्।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ०३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय