पेट्रोल र डिजेलको मूल्य बढ्ने, विकास कर ५ बाट बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय | Khabarhub Khabarhub

पेट्रोल र डिजेलको मूल्य बढ्ने, विकास कर ५ बाट बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको विकास करलाई ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थको आयातमा लिइने गरिएको विकास कर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोलियम पदार्थको आयातमा प्रतिलिटर ५ रुपैयाँ विकास कर लिने निर्णय गरेको थियो ।

सरकारले विकास करको दर प्रतिलिटर ५ रुपैयाँबाट १० रुपैयाँ पुर्‍याएपछि अब पेट्रोल र डिजेलको मूल्य समेत बढ्ने भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ३ : ३० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड