७ महिनामा १२ सय किलो सुन आयात, बैङ्कमा थन्कियो ५ सय केजी | Khabarhub Khabarhub

७ महिनामा १२ सय किलो सुन आयात, बैङ्कमा थन्कियो ५ सय केजी


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षकको सात महिनामा सुनको आयात घटेको छ ।

सुनको आयात साउनदेखि माघ मसान्तसम्ममा ११ सय ५० किलो आयात भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै जाँदा नेपालमा आयातमा गिरावट आएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको सात महिनाको अवधिमा ६ अर्ब ३३ करोड रुपैंया बराबरको ११ सय ५० किलो सुन आयात भएको छ ।

गत वर्षको सोहि अवधिमा १६ अर्ब ४५ करोड रुपैंया बराबरको ३६ सय ५ केजी सुन आयात भएको थियो । गत बर्षको तुलनामा यो बर्ष १० अर्ब १२ करोड रुपैयाँ बराबरको १४ सय ५५ किलो सुनको आयातमा कमि आएको हो ।

चालू आर्थिक वर्ष शुरु भएदेखि नै सुनको मूल्य लगातार बढेपछि स्थानीय बजारमा सुनको माग ह्वात्तै घटेको थियो ।

कोरोना भाइरसको प्रभावले विश्व अर्थतन्त्रलाई नै त्रसित बनाएकाले सुनको मुल्य बढेको र नेपाली बजारमा त्यसको प्रत्यक्ष असर परेको नेपाल सुनचाँदी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनले भने विश्व बजारमा लगानीकर्ताले सुनमा लगानी सुरक्षित हुने भन्दै बृद्धि गरेकोले यस्तो भएको हो । उनले भने ‘चीन हुदै फ्रान्स, उत्तरकोरियालगायत विश्वभर कोरोनाको प्रकोप फैलिदै गएकाले विश्व बजारमा नै २० प्रतिशतले मुल्य बृद्धि भएको छ ।’

सुनको मूल्य वृद्धि हुँदै गर्दा नेपालमा भने लगनको समय परेको छ । व्यवसाय बढ्ने समयमा पनि किन्नेहरुको संख्या घटेका छन् । गत वर्ष बिहेको सिजन फागुनमा दैनिक ५० देखि ६० किलो सुन खपत हुने गथ्यो । तर, अहिले ८० प्रतिशत घटेर दैनिक २० किलो समेत खपत हुन छाडेको शाक्यले बताए ।

बैङ्कमा थन्कियो ५ सय केजी सुन

सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेँलो धातुको खरिदमा कटौती गरेका छन् ।

व्यवसायीहरुले सुन नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ । नेपाल बैङ्कर्स संघका अनुसार फागुन शुरु भएलगत्तै व्यवसायीहरुको बैङ्कबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ ।

नेपालमा विवाह र व्रतबन्धको सिजन अर्थात् असोज, मङ्सिर, माघ र फागुनमा बैङ्कबाट उच्च मात्रामा नै सुन बिक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरुले बैङ्कबाट धेरै सुन किनेका छैनन् ।

सुनको मूल्यले तोड्यो रेकर्ड

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएपछि नेपालमा पनि मूल्यवृद्धिमा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ ।

सुनले प्रतितोला ८० हजारको रेकर्ड कायम राख्दा बजार ७५ प्रतिशतले खस्किएको छ । माघ महिनामा घटबढ भएको सनुको मूल्य फागुन शुरुदेखि नै निरन्तर उकालो लागेका थियो ।

फागुन १२ गते नेपालमा सबै भन्दा महँगो रेकर्ड बनाएको थियो । सो दिन छापावाल सनुको प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको थियो भने तेजावी सुनको मूल्य ८० हजार पुगेको थियो ।

फागुन १२ गते नेपालको इतिहासमै हालसम्मको सबैभन्दा बढी सुनको मूल्य महँगो भएको महासंघले जनाएको छ ।

फागुन लागेपछि सुन तोलामा ४ हजार ६ सय महँगियो । कात्तिक २२ पछिको साढे ३ महिनाको मूल्य हेर्ने हो भने तोलामा १० हजार ४ सय बढेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण नहुजेल सुनको भाउ अझै बढ्न सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विवाह र सामाजिक पर्वको मौसममै सुनको भाउ यसरी चुलिँदा नेपाली ग्राहक मर्कामा परेका छन् ।

सुनको मूल्य बढेसगै सुनकारोबारमा समेत असर परेको छ । अहिलो सुन किने भन्दा सुन बेचने मानिसहरु बढेको व्यावसायीहरु बताउँछन् ।

भंसार विभागका चालु आर्थिक वर्षको ७ महिनामा चालु वर्षमा सुनबाट सरकारले ७१ करोड राजस्व संकलन गरेको छ । गत वर्षको यही अवधिमा सुनबाट १ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो ।

सुनको मूल्यमा घटबढ गराउने पहिलो कारण डलरको मुल्य नै हो । डलरको मुल्य बढ्दा सुनको मूल्य पनि सोही अनुसार बढ्छ र बजारमा सुनको मूल्यमा वृद्धि हुन्छ ।

नेपालमा सुनको मुल्य निर्धारण अन्र्तराष्ट्रिय बजारकै आधारमा गर्ने गरिन्छ । ७५ प्रतिशत अन्र्तराष्ट्रिय बजार र २५ प्रतिशत भारतीय बजारलाई आधार मानेर नेपालमा मूल्य निर्धारण गरिन्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १० : २१ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त