राष्ट्रपति आउँदा चार पालिकाले दिए सार्वजनिक बिदा | Khabarhub Khabarhub

राष्ट्रपति आउँदा चार पालिकाले दिए सार्वजनिक बिदा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी र दार्चुला आउने भएपछि त्यहाँका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन् ।

आफ्ना गाँउ र नगरपालिका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन आग्रह गरिएको छ । विद्यार्थीलाई अनिवार्य सहभागी हुन समेत गाउँपालिकाले निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारी हिजोबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी छिन् । हिजो कैलालीको धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गरेकी थिइन भने खाना महोत्सवको समेत उद्घाटन गरेकी थिइन ।

आज दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ५९ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको