च्याम्पियन्स लिगमा रियलबिरुद्ध म्यान्चेष्टर सिटीको ऐतिहासिक जीत | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा रियलबिरुद्ध म्यान्चेष्टर सिटीको ऐतिहासिक जीत


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनल अन्तरगतको पहिलो लिगको खेलमा म्यान्चेष्टर सिटीसंग रियल मड्रिड पराजित भएको छ ।

बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो ।

रियलको घरेलु मैदानमा भएको पहिलो लिगको खेलमा जीत निकाल्दै सिटीले च्याम्पियन्स लीगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ ।

खेलमा अग्रता घरेलु टोली रियलले ६० औं मिनेटमा ईस्कोको गोलबाट लिएको थियो । ७८ औं मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुईनीले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा अघि बढाए ।

८६ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । गोलका लागि अघि बढेका जिससलाई लडाएपछि रामोसले रातो कार्ड प्राप्त गरेका थिए ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । दोस्रो लिगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ६ : २२ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि