मिडिया काउन्सिल विधेयक पारित, नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने | Khabarhub Khabarhub

मिडिया काउन्सिल विधेयक पारित, नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत पारित भएसँगै नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने भएको छ ।

समितिको सोमबार बसेको बैठकले सर्वसम्मतिले विधेयक पारित गरेको हो । विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाइएको छ ।

विधेयकमा अहिले काम गरिरहेका पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने उल्लेख छ। तर नयाँ पत्रकारका हकमा भने लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्था छ ।

पत्रकारको लाइसेन्स परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थामा पत्रकारको रूपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन, सोको पाठ्यक्रम तथा न्यूनतम योग्यता निर्धारण काउन्सिलले तोकेबमोजिम हुनेछ भन्ने विधेयकमा उल्लेख छ।

पत्रकारिताका क्षेत्रमा कार्यरत पत्रकारको विवरण काउन्सिलले एक वर्षभित्र संकलन गरी अभिलेख राख्ने विधेयकमा व्यवस्था छ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : २१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड