झुठो शब्द आफैमा मात्र खराब हुँदैन, त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ – सुकरात | Khabarhub Khabarhub

झुठो शब्द आफैमा मात्र खराब हुँदैन, त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ – सुकरात


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महान दार्शनिक सुकरातको जन्म ग्रीसको प्राचीन मिथकीय नगर एथेन्समा भएको थियो । उनका शिष्य प्लेटो र जेनोपोनले आफ्ना गुरु शुकरातका आदर्श, दर्शन र विाचारधारालाई विश्वभर फैलाएका थिए ।

उनका महान विचारलाई पाश्चात्य दर्शन र तर्कशास्त्रको जग मान्ने गरिन्छ । शुकरातका विचारका कारण नै जनजागरण फैलिएको थियो भने उनका विचारको लोकप्रियताको कारण राजतन्त्रको जगसमेत हल्लिएको थियो ।

उनै महान सुकरातका केही जीवनउपयोगी भनाइहरु यहाँ उल्लेख गरिएको छ ।

– मलाई एउटा मात्र कुरा थाहा छ । र, त्यो के भने मलाई केही पनि थाहा छैन ।

– प्रायः तपाईको गहन ईच्छाले नै विकराल घृणाको जन्म हुन्छ ।

– जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मान भन्दा धेरै व्यापक छ ।

– आफ्नो अमूल्य समयलाई अरुले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाउ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदछौ, जुन कुरा उनीहरुले कठिन मिहेनत र भोगाईबाट पत्ता लगाएका थिए ।

– झुठो शब्द आफैमा मात्र खराब हुँदैन, त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ ।

– हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादका लागि हुनुपर्दछ, किनभने भगवानलाई हाम्रो लागि सही के हो भन्ने कुरा सबै थाहा छ ।

– सौन्दर्य आपत्कालीन अत्याचार हो ।

– जस्तोसुकै अवस्थामा विवाह गर्नुपर्दछ, यदि असल श्रीमती प्राप्त भयो भने तपाईको जिन्दगीमा खुसीयाली छाउनेछ र खराब श्रीमती परे तपाई दार्शनिक बन्नुहुनेछ ।

– मृत्यु सम्भवतः मानवीय वरदानमा सबैभन्दा महान छ ।

– बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाईका साथ बाँच्नुले अर्थ राख्दछ ।

– म जीवित व्यक्तिहरुमा सबैभन्दा वुद्धिमान हुँ किनभने मलाई यो थाहा छ कि मलाई केही पनि आउँदैन ।

– मूल्यहीन व्यक्तिहरु केवल खान र पिउँनका लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरु बाँच्नको लागि खाने पिउँने गर्दछन् ।

– त्यो व्यक्ति सबैभन्दा धनवान छ, जो सानो कुरामा पनि सन्तुष्ट हुन सक्दछ, किनभने सन्तुष्टि नै प्रकृतिको सम्पत्ति हो ।

– जीन्दगीलाई होइन, एउटा राम्रो जीन्दगीलाई महत्व देउ ।

– विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ ।

– मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरी गर्नुहोस् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम