बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश | Khabarhub Khabarhub

बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

शत प्रतिशत जितको नतिजा कायम राख्दै बायर्न नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा लगातार १५औँ जित निकालेको बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित निकाल्यो ।

घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३औँ मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाए पनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए ।

५२औँ मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्‍यो । किंग्सले कोमानको प्रहार म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोलमा परिणत भयो ।

६६ औँ मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि बायर्नको खेल खस्किएन ।

६८औँ मिनेटमा कोमानको पासमा लेरोय सानेले हेडरमार्फत गोल गर्दै बायर्नको अग्रता बढाए ।

७३औँ मिनेटमा साल्ज्बर्गका मेर्गिम बेरिशाले सान्तवना गोल गरे ।

अपराजित बायर्न ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : ४२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम