सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह | Khabarhub Khabarhub

सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् ।

विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दशैँ मनाउन आग्रहसमेत गरेका छन् ।

सुदूरपश्चिमबासीका नाममा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी, बन्धुत्व, सामाजिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभेच्छासमेत प्रकट गरेका छन् ।

बडादशैँले आपसी सद्भाव, भ्रातृत्व कायम गरी एक आपसमा खुसीयाली साटासाट गर्ने अवसरसमेत प्रदान गरोस् भन्दै उनले कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गरी दशैँ मनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १० : ४० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम