यूएईमा नेपालीले जन्माइन् तिम्ल्याहा बच्चा « Khabarhub

यूएईमा नेपालीले जन्माइन् तिम्ल्याहा बच्चा


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरव ईमिरेट्स (युएई) मा एक नेपालीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

३० वर्षीया अलिसा सुवालले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । लामो समय आईसीयूमा बसेका आमासहित सबै बच्चाहरु स्वस्थ रहेकाले अस्पतालबाट घर फर्किइसकेका छन् ।

‘अप्रिलमा कोभिड १९ को कडाइ उच्च थियो । यतिबेला तीन महिनामा स्क्यान गर्दा जब डाक्टरले चाडैं तिम्ल्याहा सन्तान जन्मन्छन् भने तब म कति भयभीत थिए होला, कल्पना गर्नुस्,’ सुवालले भनिन् ।

यूएईको मेडिअर अस्पताल अन्तर्गत अब्स्टेट्रिक्स र गाइनेकोलोजी विभागका प्रमुख डाक्टर वालिद इल सेर्बिनीका अनुसार सामान्यत ६ हजार ४ सय जना गर्भवतीमध्ये एक जनामा मात्रै तिम्ल्याहा सन्तान हुने गरेका छन् ।

उनी अबुधाबीमा रिसेप्सनिस्टको काम गर्छिन् भने उनको श्रीमान विवेक श्रेष्ठ यूएईको सेक्युरेटी कम्पनीमा सुपरभाइजरको रुपमा काम गर्छन ।

यी तीन छोरीहरुको नाम भियाना, अभिलाषा र अरियाना राखिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ९ : ०५ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा

रायोको सागमा ९९ प्रतिशत बढी विषादी, खान अयोग्य

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका