मेस्सीलाई स्वारेजले भने – तिमी क्लब र विश्व फुटबलका 'जायन्ट' हौ | Khabarhub Khabarhub

मेस्सीलाई स्वारेजले भने – तिमी क्लब र विश्व फुटबलका ‘जायन्ट’ हौ


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाबाट भर्खरै बाहिरिएका लुइस स्वारेजबीच सामाजिक सञ्जाल इन्टाग्राममा भावुक कुराकानी भएको छ ।

मेस्सीले शुक्रबार स्वारेजसँगको फोटो पोष्ट गर्दै उनलाई ‘मिस’ गरिरहेको बताएका थिए । त्यतिमात्रै होइन, मेस्सीले स्वारेजलाई क्लबले त्यसरी अर्को क्लब पठाउन नहुनेसमेत बताएका थिए ।

त्यसको प्रतिक्रियामा स्वारेजले शुक्रबार राति उनकै पोष्टमा प्रतिक्रिया जनाउँदै भावुक बनेका छन् ।

सन् २०१४ देखि अहिलेसम्म गरि ६ वर्ष सँगै एकै मैदानमा खेलेका उनीहरुले एक अर्कासँग टाढा हुँदा निकै भावुक बनेका छन् ।

‘धन्यवाद मित्र, तिम्रा शब्दका लागि । तिमीले तय गरेको मार्गका लागि पनि धन्यवाद, जुन पहिलो दिनदेखि म र मेरो परिवारका लागि तिमीले साथ दियौ,’ मेस्सीलाई प्रतिक्रिया दिँदै स्वारेजले भनेका छन्, ‘म सधै मेस्सीप्रति कृतज्ञ हुनेछु – रमाइलो र भावुक मान्छेका लागि तर, खेलाडीका रुपमा सबैले जान्दछन् ।’

स्वारेजले मेस्सीलाई सम्झाउँदै भनेका छन्, ‘मैले भनेको कुरा नबिर्सनु जुन मैले भनेको छु । आफ्नो जीवन रमाउन नछाड्नु र तिमी एक नम्बर हौ, त्यसलाई कम हुन नदिनु । अन्य कुराहरु होइन तिमी क्लब र विश्व फुटबलका जायन्ट हौ ।’

स्वारेजले आफुले मेस्सीको परिवारका पाँच जना उनी उनकी श्रीमती र तीन छोरोलाई मिस गर्ने बताएका छन् ।

शुक्रबार स्वारेजले एट्लेटिको मड्रिडमा मेडिकल जाँच गर्दै थिए । तर, पनि उनले मेस्सीलाई प्रतिक्रिया दिएका थिए । यसबाट पनि उनीहरुबीचको सम्बन्ध कति नजिक थियो भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ७ : ५५ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित