राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकलालाई एथ्लेटिक्स संघको आर्थिक सहयोग | Khabarhub Khabarhub

राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकलालाई एथ्लेटिक्स संघको आर्थिक सहयोग


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एथ्लेटिक्स संघले राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटको भर्त्सना गर्दै आर्थिक सहयोगको घोषणा गरेको छ ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले बुुधबार विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि झापामा कुटपिट भएको खबरले अत्यन्तै दुःखी बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी लामगादेमाथि भएको यस घटनाको म र नेपाल एथलेटिक्स संघ घोर भर्त्सना गर्दछु ।’

यस्तै, संघले घटनामा संलग्नलाई कारबाहीको माग समेत गरेको छ । ‘घटनामा संलग्न जो कोहीलाई कडा भन्दा कडा सजाय होस भन्ने माग पनि गर्दछु । कुटपिटबाट घाइते लामगादेसहित घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

संघले २१ हजार रुपैया सहयोग गर्ने जनाएको छ । सोमबार झापा मेचीनगर–१९ चारआलीमा आफ्नै पसल अगाडि बसेकी चन्द्रकलाका अगाडि स्थानीय एक जनालाई कुटपीट भइरहेको देखेपछि उनले छुट्याउन खोज्दा उनैमाथि हातपात भएको हो ।

चन्द्रकला नेपाल पुलिस क्लबकी खेलाडी हुन् । जातीय रुपमा एक स्थानीयले अर्का स्थानीयमाथि नराम्रो व्यवहार गरेको देखेपछि छुट्याउन खोज्दा घटना भएको बताइएको छ ।

चन्द्रकलाका छिमेकी दुर्गा श्रेष्ठ र उनकी विष्णुले उनीमाथि हात पात गरेपछि अहिले उनी झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेकी छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  २ : ३५ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा