कोरोनाबाट बचेका विश्वका १० देश, असर उस्तै | Khabarhub Khabarhub

कोरोनाबाट बचेका विश्वका १० देश, असर उस्तै


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोभिड–१९ ले यी १० वटा बाहेकका लगभग सबै देशलाई संक्रमित बनाइसकेको छ तर भाइरस नभए पनि उनीहरु बाँकी विश्व जत्तिकै प्रभावित भइरहेका छन् ।

पलाउ
एउटा पनि कोरोना संक्रमण फेला नपरेको देश पलाउ, सानो भएपनि प्राकृतिक सुन्दरतामा एकदमै धनी मानिन्छ । त्यहाँ हरेक वर्ष देशको कूल जनसङ्ख्या भन्दा पाँच गुणा बढी पर्यटक आउने गरेका छन् ।

आइएमएफका अनुसार २०१७ मा देशको कूल घरेलु आयमा पर्यटन क्षेत्रको मात्र ४० प्रतिशत योगदान रहेको थियो । तर अचानक सुरु भएको कोभिड महामारीका कारण यतिखेर भीडभाड हुनुपर्नेमा पर्यटकीय गन्तव्यहरु सुनसान बनेका छन् । गत मार्च महिनादेखि नै त्यहाँ सबै सिमाना बन्द गरिएको छ । हालसम्म पलाउमा एकजना पनि कोभिड–१९ ले संक्रमित भएका छैनन् ।

यस्तोमा १९८२ मा स्थापना गरेदेखि अहिलेसम्म कहिल्यै बन्द गर्नु नपरेको पलाउ होटल पनि यतिखेर बन्द छ । यो मात्र नभइ सम्पूर्ण रेस्टुरेन्टहरु पनि खालि छन् भने ससाना व्यवसायीहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् र होटलमा बाहिरबाट फर्किएर क्वारेन्टिनमा बसेका ग्राहक मात्र भेटिन्छन् ।

पलाउ होटलका म्यानेजर ब्रायन लिले भनेका छन् , “यो एकदमै सानो देश भएकाले स्थानीयहरु होटलमा बस्दैनन् ।” महामारी सुरु हुनु अगाडि उनको ५४ कोठाको होटल ७० देखि ८० प्रतिशतले भरिने गर्दथ्यो । उनीकहाँ काम गर्ने २० कर्मचारीहरु छन् जसलाई उनले अझै काममा राखिरहेका छन् ।

सबैको काम गर्ने समय कटौति गरि उनीहरुलाई केबल मेन्टेनेन्स र सरसफाइको काममा मात्र लगाइरहेको उनले बताए । तर खालि कोठाहरु सधैँभरि त्यसरी राख्न नसकिने हुँदा आफू अब ६ महिनासम्म मात्र टिक्न सक्ने र त्यसपछि पनि अवस्थामा सुधार नआए बन्द गर्न बाध्य हुनुपर्ने उनले दुःखी हुँदै बताए ।

उनले यसमा सरकारलाई भने कुनै दोष दिएका छैनन् जसले स्थानीय वासिन्दाहरुलाई आर्थिक सहयोग प्रदान गर्ने बताइरहेको छ र देश भित्र भाइरस छिर्न नदिनु पनि धेरै उपलब्धीमूलक भएको सर्वसाधारणहरुको भनाइ छ । त्यहाँका राष्ट्रपतिले केही समय अगाडि मात्र १ सेप्टेम्बरदेखि अतिआवश्यक हवाइ यात्रा खुलाइने घोषणा गरेको हो र यता ताइवानसँग आवत्जावत् सम्बन्धी कुरा भइरहेको जनाएको छ । जसमार्फत पर्यटकहरुको अपेक्षा गर्न सकिने बताइएको छ ।

मार्सल आइलन्ड्स
पलाउबाट ४ हजार किलोमिटर पूर्वतर्फ रहेको प्यासेफिक सागरमा अवस्थित मार्सल आइलन्डस अर्थात मार्सल द्वीप समुह पनि कोरोनामुक्त रहन सफल छ । तर संक्रमण छैन भन्दैमा महामारीको कुनै प्रभाव परेको छैन भन्न मिल्दैन ।

होटल रिमेर्सका मालिक यतिबेला अत्यन्तै व्यस्त हुनुपर्नेमा खालि बस्न बाध्य भएको बताउँछन् । उनको होटलमा विशेषगरी एसिया, प्यासेफिक र अमेरिकाबाट प्रशस्त पर्यटकहरु आउने गर्दथे । तर मार्चमा सिमाना बन्द गरिएदेखि बाहिरबाट आउने क्रम ठप्प भयो । यस्तोमा देशभर ७०० भन्दा बढीले रोजगारी गुमाउने अनुमान गरिएको छ जसमध्ये २५८ होटल र रेस्टुरेन्ट क्षेत्रतर्फबाट हुनेछन् । सो तथ्याङ्क १९९७ पछिकै सबैभन्दा उच्च हुनेछ ।

पलाउ जति पर्यटन क्षेत्रमा निर्भर नभएपनि त्यहाँ अहिले सबैभन्दा ठूलो समस्या माछा उद्योगलाई परेको छ । कोरोना संक्रमणबाट जोगाउन सरकारले प्रभावित मुलुकमा गएका पानी जहाजहरुलाई देश भित्रिन प्रतिबन्ध लगाएको छ । त्यसैले इन्धन बोकेका ट्याङ्कर, उपभोग्य वस्तुका कन्टेनर सबैले १४ दिन समुद्रमै बिताएपछि मात्र प्रवेश पाउँछन् । यसका कारणले माछाको निर्यातमा ५० प्रतिशतले गिरावट आएको हो । अहिले सो अवस्थाले भाइरसबाट टाढा रहन सकेपनि कोभिड अन्त्य नभएसम्म यसका असरबाट बच्न सकिँदैन भन्ने स्पष्ट पारेको छ ।

भानुआतु
तर कोभिडले देशको अर्थतन्त्र तहसनहस पारिरहेको भएपनि कतिपय राष्ट्र भने अझै सिमाना खुलाउन तयार छैनन् । जस्तै कि हालसम्म कुनै संक्रमण फेला नपरेको भानुआतुका सार्वजानिक स्वास्थ्य निर्देशक डाक्टर लेन तेरिभोन्दाले भनेका छन्, “यतिखेर तपाईँले १० हजार वासिन्दा रहेको अम्बे टापुका जोकोहीसँग सोधेपनि उनीहरुले सम्भव भएसम्म लामो समयका लागि सिमाना बन्दै राख्न भन्नेछन् । किनकी उनीहरु कुनैपनि हालतमा रोग भित्र्याउन चाहँदैनन् । ”

तीन लाख जनसङ्ख्या रहेको भानुआतुमा ८० प्रतिशत मानिसहरु शहर बाहिर बस्छन् । डाक्टर लेनका अनुसार अहिलेसम्म उनीहरु त्यति ठूलो संकटमा परिसकेका छैनन् किनकी अधिकांशले आफ्ना लागि पर्याप्त खाना आफैँ खेती गरि उत्पादन गर्ने गरेका छन् र उनीहरु परम्परागत अर्थतन्त्र अनुरुप स्थानीयमै निर्भर छन् ।

तरपनि अबको नजिकी भविष्यमा उनीहरुले पनि चुनौतिको सामना गर्नैपर्ने विज्ञहरु बताउँछन् । एसियन डभ्लप्मेन्ट ब्यांकको अनुमानमा भानुआतुको कूल घरेलु आयमा यस वर्ष १० प्रतिशत गिरावट आउनेछ जुन १९८० को स्वतन्त्रता पछिकै ठूलो आर्थिक गिरावट हुनेछ । वास्तवमा कोभिड सँगसँगै गत अप्रिलमा आएको तूफानले पनि आधा भन्दा बढी जनसङ्ख्यालाई नराम्ररी प्रभाव पारेको थियो ।

यसअघि सुरक्षित मुलुकहरु जस्तै न्युजिल्यान्ड र अष्ट्रेलियाका लागि सिमाना खुला गर्ने योजना बनाइएपनि यी देशमा संक्रमण दर अचानक वृद्धि भएपछि योजना रद्द गरिएको हो । यसकारण पनि भानुआतुले सिमाना खोल्नमा हतार नगर्ने डाक्टर लेन बताउँछन् । उनले भनेका छन्, “यदि कोरोना यहाँसम्म आइपुग्यो भने पपुवा न्यु गिनीमा जस्तैगरी आगो समान सल्किनेछ । यसबारे सबै चिन्तित छन् । स्वास्थ्य सेवाको क्षमता सिमित भएकाले पनि हामीले जति सक्दो लामो समयका लागि भाइरसलाई टाढै राख्ने प्रयास गर्नेछौँ । ”

हालसम्म भाइरसबाट पूर्ण रुपमा मुक्त रहन सफलमा : पलाउ, माइक्रोनेशिया, मार्सल आइलन्ड्स (मार्सल द्वीप समुह), नाउरु, किरिबति, तुवालु , सोलोमन आइलन्ड्स (सोलोमन द्वीप समुह) ,समोआ, भानुआतु र टोङ्गा गरि दश मुलुक रहेका छन् । यी सबै प्यासेफिक टापु अन्तर्गतका राष्ट्र हुन् । यसमा संयुक्त राष्ट्र संघका सदस्यहरुको मात्र गन्ती गरिएको छ र उत्तर कोरिया अनि तुर्कमेनिस्तान समावेश गरिएको छैन । बीबीसीबाट

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : ३० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड