कोरोना भाइरसको महामारीले ठप्प सौराहाका होटल सञ्चालनको तयारी | Khabarhub Khabarhub

कोरोना भाइरसको महामारीले ठप्प सौराहाका होटल सञ्चालनको तयारी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कोरोना भाइरसको महामारी र चैतदेखि लगाइएको लकडाउनले ठप्प भएका चितवनका होटलहरू सञ्चालनको तयारी भएको छ ।

यही साउन १५ गतेदेखि सरकारले होटल सञ्चालन गर्न दिने भएपछि सौराहाका व्यवसायी बन्द भएका होटललाई सञ्चालन गर्ने तयारीमा  जुटेका छन् ।

आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । र्‍यालीमा १७ सहभागी थिए ।

सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै सङ्घका अध्यक्ष दीपक भट्टराईले साइकलयात्रीलाई बिदाइ गरे ।

कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । ‘अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका  छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ,’ उनले भने ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्वास्थय चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रबर्द्धनका लागि महत्वपूर्ण रहेको बताए ।

सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ३१ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक