फेसबुकमा भिडियो कल सम्बन्धी नयाँ सेवा | Khabarhub Khabarhub

फेसबुकमा भिडियो कल सम्बन्धी नयाँ सेवा


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।

“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।

सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ ।

म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन । असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ ।

सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ । निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ ।

भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ ।

फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ । भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ ।

फेसबुकको यो नयाँ सेवा “म्यासेन्जर रुम” केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ०९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक