स्कि रिसोर्टले चेतावनी नपत्याउँदा युरोपभर यसरी फैलियो कोरोनाभाइरसको संक्रमण | Khabarhub Khabarhub

स्कि रिसोर्टले चेतावनी नपत्याउँदा युरोपभर यसरी फैलियो कोरोनाभाइरसको संक्रमण



हेनरिक लेर्फेल्डसँग किज्लक बारको रमाइलो अनुभव छ । किज्लक बार अष्ट्रियाको स्कि रिसोर्टको शहर अइसगल नाम चलेको रेष्टुरेन्ट हो । तीन साताअघि लेर्फेल्डले त्यहाँ केही रातसम्म पार्टी गरेका थिए ।

५६ वर्षे डेनिस नागरिक लेर्फेल्ड गत सातासम्म डेनमार्कको राजधानी कोपेनहेगनबाट ५० माइल टाढा सेल्फ क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनबाटै उनको भनाइ छ, ‘किज्लकको माहौल नै बेग्लै किसिमको रमाइलो थियो ।’

घर फर्केको ४ दिनपछि उनले कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ देखियो । उनका साथीमा पनि । तर, उनीहरु दुई जनामात्र होइन युरोपका अरु सयौं मानिसहरु आइसगल गएपछि कोरोना भाइरसबाट संक्रमित भएका थिए । तीमध्ये धेरै जनाको त किज्लक बारसँगै सम्बन्ध जोडिने युरोपेली अधिकारीहरु बताउँछन् ।

यसबारे किज्लकले कुनै टिप्पणी गर्न चाहेको छैन । यद्यपि गत मार्च १६ का दिन जर्मन समाचार साइट टी–अनलाइनलाई मालिक बर्नहार्ड ज्यान्ग्रेलले बताएअनुसार उनका कामदारहरुमा पनि अरु कसैबाट कोरोना भाइरसको संक्रमण भएको हुनुपर्छ । उनका अनुसार एउटा कम्पनीलाई कोरोना भाइरस प्रकोपको दोष दिनु गलत छ ।

आफ्ना नागरिकहरु आइसगलमै कोरोना भाइरसको संक्रमणमा परेको भन्दै गत मार्च ४ का दिन आइसल्याण्ड सरकारले चेतावनी दिएको थियो । अष्ट्रियाका अधिकारीले भने स्की रिसोर्टहरु बन्द गर्नै मानेनन् । आइसगलमा मार्च १३ सम्म स्की पर्यटन सञ्चालन भयो ।

एकजना बारटेन्डरलाई कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आए पनि टिरोलका अधिकारीहरुले एउटा पत्रकार सम्मेलनका बेला ‘चिन्ता गर्नुपर्ने कारण नरहेको’ भनेका थिए । स्की पर्यटन टिरोल राज्यको महत्वपूर्ण आर्थिक पक्षको रुपमा रहेका कारण उनीहरुले यस्तो भन्नुपरेको बताइन्छ ।

आइसगल र यस आसपासका गाउँमा हरेक हिउँदमा ५ लाख भन्दा धेरै पर्यटक आउँछन् । त्यहाँ ठूल्ठूला सेलिब्रेटीहरु र राजनीतिक नेताहरु पनि आइरहेका हुन्छन् ।

अघिसम्म अस्वीकार र खण्डन गर्दै आए पनि पछिल्लो समय भने अष्ट्रियाका अधिकारीहरु नै कोरोना भाइरस फैलिनुमा आइसगल शहरको सम्बन्ध रहेको निष्कर्षमा पुगेका छन् । टिरोलको अपराध अनुसन्धान प्रहरीले यसबारे अनुसन्धान पनि थालेको छ ।

आइसल्याण्डको स्वास्थ्य निर्देशनालयका अनुसार आइसल्याण्डले ४ मार्चका दिन अष्ट्रियन अधिकारीलाई आफ्ना नागरिकहरु आइसगल शहरमा रहँदा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखा परेको जानकारी गराएका थिए ।

आइसल्याण्डले चेतावनी दिएको तीन दिनपछि अर्थात् मार्च ७ का दिन किज्लक रेष्टुरेन्टमा काम गर्ने एकजना ३६ वर्षे बारटेण्डरमा कोरोना भाइरस पोजेटिभ देखियो

मार्च ५ का दिन आइसल्याण्डले आफ्ना नागरिकहरुलाई कोरोना भाइरसबाट जोखिमयुक्त स्थानको सूचीमा राख्यो । यो सूचीमा त्यसअघिसम्म चीन, इटाली, दक्षिण कोरिया र इरान मात्र थिए ।

कोपेनहेगन विश्वविद्यालयमा इम्युनोलोजी अफ इन्फेक्सस डिजिज विषयका प्राध्यापक जान प्राभसगार्ड क्रिस्टियनसनका अनुसार आइसल्याण्डले चेतावनी जारी गरेलगत्तै चनाखो भइहाल्नुपर्ने थियो तैपनि टिरोलका क्षेत्रीय अधिकारीहरुले भने आइसल्याण्डले दिएको चेतावनी जोखिम बुझ्नै सकेनन् । बरु उल्टो खण्डन गर्दै मार्च ५ मा टिरोलमा कुनै जोखिम नरहेको जिकिर गरेका थिए ।

आइसल्याण्डले चेतावनी दिएको तीन दिनपछि अर्थात् मार्च ७ का दिन किज्लक रेष्टुरेन्टमा काम गर्ने एकजना ३६ वर्षे बारटेण्डरमा कोरोना भाइरस पोजेटिभ देखियो । अरु २२ जना बारटेण्डरलाई पनि क्वारेन्टाइनमा राखियो । तीमध्ये १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

अहिले भने यो प्रकोप टिरोलभन्दा धेरै टाढासम्म फैलिसकेको छ । डेनमार्कमा पत्ता लागेका १४०० संक्रमितमध्ये २९८ जना अष्ट्रियामा यो भाइरसबाट संक्रमित भएर डेनमार्क पुगेको देखाउँछ । यसको विपरीत कोरोना भाइरसले सबैभन्दा खराब असर पारेको युरोपेली मुलुक इटलीबाट भने ६१ जनामात्र संक्रमित भई डेनमार्क पुगेका थिए ।

आइसल्याण्डका अधिकारीले मार्च २० सम्म ८ जना आइसगलमा कोरोनाबाट संक्रमित रहेको जनाएका छन् । क्रिस्टियनसन भन्छन्, ‘त्यसबेलासम्म कतिजना संक्रमित होलान् भन्ने हामीलाई पत्तो थिएन ।’

आइसगलको बार र क्लबमा के भएको थियो भनी सोधखोज गर्दा भने यसबारे थप जानकारी आउन थालेको छ ।

क्रिस्टियनसनले भने, ‘बियर पङ्ग’ मा रमाइरहेका ग्राहकहरुबीच थुकको लाटलुट भएको हामीले थाहा पायौं ।’ कुन रेष्टुरेन्ट वा बारमा यस्तो भएको थियो भन्नेबारे उनले केही बताएनन् । बियर पङ्ग खेलमा मुखले टेबल टेनिस बललाई बियरको खाली ग्लासमा हाल्ने प्रयास गरिन्छ ।

यसरी सम्भावित संक्रमितको थुक लागेको बल बियरको ग्लासभित्र गएर अरु कसैले त्यो ग्लास प्रयोग गर्दा संक्रमणको सम्भावना धेरै हुन्छ ।

लेर्फेल्डका अनुसार किज्लक रेष्टुरेन्टमा काम गर्ने कोरोना संक्रमित ३६ वर्षे बारटेण्डरसहित अरु बारटेण्डरहरुले बजाएको सिठ्ठी त्यहाँ आएका पाहुनाहरुले पनि रमाइलोका लागि बजाइरहेका देखिन्थे । त्यहाँ कोही पनि बिरामीजस्तो नदेखिएकाले कसैले केही कुराको वास्तै गरेनन् ।

अधिकारीहरुले मार्च ९ का दिन किज्लक बन्द गरेसँगै संक्रमणको जोखिम नबढेको दाबी गरेका थिए ।

जब अष्ट्रियाको राष्ट्रिय सरकारले उक्त क्षेत्र मार्च १३ शुक्रबारका दिन बन्द गर्ने घोषणा गर्यो‍, त्यहाँ रहेका सबै पर्यटक अरु बिना रोकटोक सोझै स्वदेश लागे । त्यसबेला धेरै पर्यटकहरु शनिबारको जहाज कुर्न टिरोल प्रान्तको राजधानी इन्सब्रकका होटेलमा समेत बसेका थिए ।

मार्च १० का दिन टिरोलका प्रान्तीय गर्भनरले त्यस दिन टिरोलमा देखिएका सबै १६ संक्रमितहरु एउटै बारसँग सम्बन्धित रहेको उल्लेख गरेका थिए । उनले कुन बार भनी केही नखुलाए पनि पछि स्थानीय अधिकारीले उक्त बार किज्लक नै रहेको बताइसकेका छन् ।

हालसम्म चार मुलुकका कोरोना भाइरसका संक्रमितहरुको सम्बन्ध आइसगलमा पाइएको छ । यो गाउँमा केबल १६ सय मानिसहरु बस्छन् ।
डेनमार्क र आइसल्याण्डसँगै जर्मनीले पनि आफ्ना ३० सयजति संक्रमितको सम्बन्ध आइसगलसँग रहेको बताएको छ ।

गत मार्च १७ मा भर्चुअल पत्रकार सम्मेलनका क्रममा जर्मनीको बाडेन वुर्टेम्बर्ग राज्यका स्वास्थ्यमन्त्रीले भनेका थिए, ‘हाम्रो समस्या इरान होइन, आइसगल हो ।’

नर्वेले पनि आफ्ना ५४९ जना संक्रमितको सम्बन्ध सिधै अष्ट्रियासँग रहेको जनाएको छ ।

किज्लकमा पाहुनाको क्षमता केबल सय जना छ । जब लेर्फेल्ड त्यहाँ थिए, त्यसबेला डेनमार्क, स्विडेन, नर्वे र जर्मनीबाट आएका पाहुनाहरु बढी थिए ।

जब अष्ट्रियाको राष्ट्रिय सरकारले उक्त क्षेत्र मार्च १३ शुक्रबारका दिन बन्द गर्ने घोषणा गर्यो‍, त्यहाँ रहेका सबै पर्यटक अरु बिना रोकटोक सोझै स्वदेश लागे । त्यसबेला धेरै पर्यटकहरु शनिबारको जहाज कुर्न टिरोल प्रान्तको राजधानी इन्सब्रकका होटेलमा समेत बसेका थिए ।

युरोप यतिबेला कोरोना भाइरसको केन्द्रविनदु बनिसकेको छ । यसको प्रकोप कम गर्न युरोपेली युनियन (ईयु) ले अत्यावश्यक वाहेकका कामका लागि आफ्ना सीमाहरु पनि बन्द गरेको छ । अष्ट्रिया सरकारले पनि आइश्गललाई पूरै क्वारेन्टाइनमाा राखेको छ । यस्तै, टिरोल राज्यका सबै २७९ समुदायहरुलाई पनि आइसोलेट भएर बस्न भनिएको छ ।

यता लेर्फेल्ड भने आफू र साथी कोरोना भाइरसबाट निको भइसकेको बताउँछन् ।

क्रिस्टियनसनको विचारमा आइसगलबाट स्वदेश फर्केका कति जनाले भाइरसको संक्रमण अरुहरुलाई सारे भन्ने पत्ता लगाउन असम्भव छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ५७ बजे

आइपिएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै