वर्षाका कारण बर्दिवास–जलेश्वर सडकखण्ड अवरुद्ध | Khabarhub Khabarhub

वर्षाका कारण बर्दिवास–जलेश्वर सडकखण्ड अवरुद्ध


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- वर्षाका कारण पूर्वपश्चिम राजमार्ग जोड्ने महोत्तरीको बर्दिवास–जलेश्वर सडक खण्ड अवरुद्ध बनेको छ ।

जम्मा ४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो ।

सडकको स्तरोन्नतिका लागि माटो भर्ने क्रम चलीरहेका बेला वर्षा हुँदा चिम्ट्ययाइलो माटो हिलाम्य भएको हो । हिलाम्य सडकमा आज बिहानैदेखि सार्वजनिक यातायातका साधन बस, जिप, टेम्पु र अन्य साधन चल्न सकेका छैनन् ।

दिनहुँ सयौं सवारी साधन चल्ने सडकमा यातायात ठप्प भएपछि जिल्लाको उत्तरीक्षेत्रका बासिन्दा सदरमुकाम जलेश्वर पुग्न जनकपुरधाम भएर घुमेर लामो बाटो जानु परेको छ । जिल्लाका अन्य ग्रामीण सडक पनि हिलाम्य भएका छन् ।

मङ्लबार परेको पानीले सम्सी, रामगोपालपुर, गौशाला, औरही, मटिहानी र मनराशिशवासहितका स्थानमा सञ्चालित इँटा उद्योगमा कच्चा इँटा गलेर लाखौंको नोक्सानी भएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : ३९ बजे

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार