ग्रिएताले भेटिन शिक्षा अभियन्ता मलालालाई, तस्वीर भाइरल | Khabarhub Khabarhub

ग्रिएताले भेटिन शिक्षा अभियन्ता मलालालाई, तस्वीर भाइरल


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सफोर्ड– विश्वका दुई प्रभावशाली अभियन्ता मलाला युसुफजाई र ग्रिएता थ्युनबेरीबीच भेटवार्ता भएको छ ।

महिला शिक्षा र मानव अधिकारवादी मलाला र मौसम परिवर्तनकी अभियन्ता ग्रिएता थ्युनबेरीले भेटवार्ता गरेका हुन् ।

२२ वर्षे मलाला युसुफजाई अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा राजनीति, अर्थशास्त्र र दर्शनशास्त्रको अध्ययन गरिरहेकी छिन् । १७ वर्षे ग्रिएता थ्युनबेरी पनि मौसम परिवर्तनबारे जानकारी फैलाउन बेलायतमा छिन् ।

उनी ब्रिस्टोल शहरका विद्यालयमा यसबारे जनचेतना जगाउनका लागि आयोजित प्रदर्शनमा सामेल हुन बेलायत पुगेकी हुन् ।
यही क्रममा मलाला र ग्रिएताबीच भेट भएको छ । कम उमेरमा नै विश्वभर आफ्नो प्रभाव छाड्न सफल दुई महिलाबीचको भेटलाई निकै चासोपूर्वक हेरिएको छ ।

उनीहरुबीच अक्सफोर्ड विश्वविद्यालयको लेडी मर्गरेट हलमा भेट भएको हो । भेटका क्रममा उनीहरुबीच के विषयमा कुराकानी भएको स्पष्ट नभइसकेपनि उक्त हलका प्राध्यापकले उनीहरुबीच विज्ञान, मतदान अधिकार, विरोधको सीमा, मौसम परिवर्तन लगायतका विषयमा छलफल भएको जनाएका छन् ।

उनीहरुले फोटो समेत खिचाएका छन् । त्यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : ०९ बजे

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको