नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु आइतबार नेपाल आउने | Khabarhub Khabarhub

नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु आइतबार नेपाल आउने


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेटका पूर्व प्रशिक्षक पुबुदु दासानायके नेपाल आउने भएका छन् ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीम भैरहवा ग्लाडियटर्सको प्रशिक्षक समेत रहेका दासानायके आउँदो आइतबार काठमाडौं आइपुग्ने भएका हुन् । नेपाली क्रिकेट साइट क्रिकेटिङ्ग नेपालका अनुसार उनको नेपाल बसाइ लामो समय रहने छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चैत १ देखि १५६ गतेसम्म हुने ईपीएलमा उनले भैरहवा ग्लाडियटर्सको प्रशिक्षकको भूमिकामा रहनेछन् ।

राष्ट्रिय टोलीका अनुभवी खेलाडी शरद भेषावकर कप्तान रहेको भैरहवाले यसअघिका दुई संस्करणको उपाधि उचालिसकेको छ ।

पुबुदुले आफू नेपाल आउनका लागि उत्साहित रहेको जनाएको क्रिकेटिङ्ग नेपालले उल्लेख गरेको छ ।

उनले नेपाललाई सन् २०१४ मा बंङ्गलादेशमा सम्पन्न आईसिसि टी– २० विश्वकपसम्म पुर्याएका थिए ।

सन् २०१० को अन्त्यतिर पुबुदु पहिलो पटक नेपाली टोलीको प्रशिक्षकका रुपमा काठमाडौं आएका थिए । उनले नेपाललाई बिश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ४ देखि डिभिजन १ सम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

पुबुदुले पछिल्लो समय अमेरिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकको भूमिकामा थिए । तर, गएको जुलाईमा अमेरिकाको प्रशिक्षक पदबाट राजिनामा दिएपछि उनी ईपीएल टोली भैरहवाको प्रशिक्षकमा आवद्ध भएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ०४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम