मगर दिवसमा सार्वजनिक बिदा | Khabarhub Khabarhub

मगर दिवसमा सार्वजनिक बिदा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

विसं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ । कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ०१ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा