बाइपासको सार्वजनिक जग्गामा बनेको एउटा घरका कारण रोकियो सडक विस्तारको काम ! | Khabarhub Khabarhub

बाइपासको सार्वजनिक जग्गामा बनेको एउटा घरका कारण रोकियो सडक विस्तारको काम !


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फराकिला र चिल्ला सडक सुन्दर शहरको आकर्षण हुन् । शहरी क्षेत्रको सौन्दर्यताको लागि पनि सडक फराकिला बनाउनु जरुरी देखिन्छ ।

पछिल्ला समय उपत्यकाका लगायत विभिन्न स्थानमा साँघुरा सडकलाई फराकिला बनाउने कार्य भइरहेको छ ।

जसअन्तर्गतको एउटा सडकखण्ड हो– ‘पासाङल्हामु मार्ग ।’ काठमाडौंलाई नुवाकोटसँग जोड्दै त्रिशुली पुर्‍याउने यो सडकको विस्तार थालिएको लामो समय बितिसक्दा पनि प्रगती भने देखिदैँन ।

केही वर्षयता बालाजु–त्रिशुली सडकखण्डको स्तरोन्नती गर्ने काम अस्तव्यस्त छ । लैनचैरदेखि त्रिशुलीसम्म विस्तार भइरहेको यो सडकको कुल लम्बाई ६७ किलोमिटर रहेको छ । ३० मिटर चौडा बनाउनका लागि विस्तार गरिएको छ ।

भारतीय एक्जिम बैंकको ऋण सहयोगमा स्तरोन्नती भइरहेको सडक विभागले जनाएको छ । विभागकाअनुसार उक्त सडकको जिम्मा एक भारतीय ठेकेदार कम्पनी अराभली इन्फ्रा पावरसहित नेपाली कम्पनी सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएका थिए ।

यो सडकमा हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको विभागका प्रवक्ता शिवहरि सापकोटा बताउँछन् । ‘साइट क्लियर नभएकै कारण पनि धेरै समयदेखि रोकिएको हो धेरै पटक म्याद थप पनि भइसकेको छ’ उनले भने, ‘विभागले क्नट्याक्टरलाई जरिवाना पनि लगाएको र त्यो हद पनि नाघिसकेको छ ।’

सरकारको निर्णयअनुसार १ वर्ष थपेको र सो अवधीमा ४० प्रतिशत काम सक्ने योजना विभागको रहेको छ ।

तर अझैपनि कतिपय स्थानमा मुआब्जा विवादकै कारण घरहरु भत्काइएका छैनन् । यो सडकखण्डमा सार्वजनिक जग्गामा बनाइएको एउटा घरका कारण २ सय मिटर सडक विस्तार ठप्प भइरहेको छ ।

सार्वजनिक जग्गामा बनेको एउटा घरका कारण सडक विस्तारमा अवरोध

काठमाडौंको बालाजु बाइपास पुग्ने जो कसैले एउटा घर देखेर छक्क मात्र पर्दैनन् । उक्त घरका कारण सडक र सहर नै कुरुप भएको प्रष्ट देखिन्छ ।

बालाजुको बाइसधारा उद्यानबाट बाइपास जाँदा बाइपास चोकमै नागार्जुन जंगलपट्टी रहेको यो एउटा पक्की घर । उक्त घर भत्काउनका लागि सम्बन्धित निकायले पटक–पटक प्रयास समेत गरिसकेका छन् ।

तर घर धनीले सर्बोच्च अदालतमा मुद्दा हालेका कारण यो घर भत्कन सकेको छैन । जसकारण यो क्षेत्रको २ सय मिटर सडक विस्तार कार्य अझै सुरु हुन सकेको छैन ।

कुनैबेला नुवाकोट धादिङ र काठमाडौंकै काँठ क्षेत्रबाट बालाजुमा किनमेलका लागि आउनेहरु यो घर भएको स्थानमा रहेको पाटीमा बस्ने गरेका थिए । पछी सोही पाटीमा केही समयका लागि शरणमा बसेकाले नै नीजि घर बनाएको स्थानीयवासी बताउँछन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्वर १६ को कित्ता नम्वर २०१ को उक्त जग्गामा घर बनाएका घर धनी भीमदेव श्रेष्ठले २०७१ पुस ३० गते नै क्षतिपुर्तिवापत ३ लाख २२ हजार एक सय ५२ रुपैयाँ लिइसकेका छन् ।

उनीसँगै १२ जनाले उपत्यका विकास प्राधिकरणबाट मुअब्जा लिएका थिए । तर मुआब्जा प्राप्त गरेका १२ जनाले नै सार्वजनिक जग्गा सरकारलाई फिर्ता दिनुको साटो प्रधानमन्त्री कार्यालयसहित सरकारी निकायहरुका विरुद्ध सर्बोच्चमा मुद्दा दायर गरेका छन् ।

मुआब्जा लिएर पनि उनले घर नछोडेपछि सडक विस्तारको क्रम रोकिएको छ ।

यता काठमाडौं महानगरपालिकाले अबैध घर टहरा भत्काउने अभियान चलाएपनि उक्त घरलाई छुने आट गर्न सकेको छैन । केही समयअघि मात्र महानगरले ३२ वडामा अव्यवस्थित घर–टहराहरु हटाएको थियो ।

वडा ३२ को जसरी नै यो घर भत्काइदिए सडक विस्तार हुन्थ्यो कि भन्ने अपेक्षा स्थानीयवासीले राखेका छन् ।

सरकारले उक्त बाटो पिच गर्नका लागि साढे दुई करोडको ठेक्का समेत लगाएको छ । पटक–पटक कामको प्रयास गर्दा पनि अवरोध नखुलेपछि काम हुन सकेको छैन ।

यता स्थानीयले सडक विस्तार हुन नसकेपछि पटकपटक आन्दोलन समेत गर्दै आइरहेका छन् । गत आइतबार पनि स्थानीयले उक्त बाटो सफा गर्न लाग्दा घरधनीहरुले अवरोध गरेका थिए ।

वडा अध्यक्ष भन्छन् : संघीय सरकारलाई कति पत्र पठाउनु ?

सरकारले उक्त बाटो पिच गर्नका लागि साढे दुई करोडको ठेक्का समेत लगाएको छ । पटक–पटक कामको प्रयास गर्दा पनि अवरोध नखुलेपछि काम हुन सकेको छैन ।

बालाजुको ऐतिहासिक बाइस धारा पार्क जाने मुख्य बाटोमै अवरोध भएपनि स्थानिय जनप्रतिनिधि पनि मौन देखिएका छन् । यो स्थानमा राजनीतिक रंग पनि देखिएको छ ।

जनप्रतिनिधिका तर्फबाट संघीय सरकारलाई पटकपटक पत्र पठाउँदा पनि चासो नदेखाएको बताउँछन् वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजाल ।

त्यो सार्वजनिक जग्गा हो त्यहाँ पाटी थियो पहिले

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मुआब्जा लिएर पनि सरकार विरुद्ध मुद्दा हालिएको बताउँदै उक्त स्थान सार्वजनिक जग्गा भएको बताउँछन् ।

‘समस्या समाधानका लागि आफुले पटक–पटक पहल गर्दा पनि अनावश्यक राजनीतिका कारण समाधान हुन सकेको छैन’ उनले भने, ‘त्यो सार्वजनिक जग्गा हो त्यहाँ पाटी थियो पहिले ।’

कतिपयले भने सार्वजनिक बनेको उक्त घरलाई राजनीतिक विषयसमेत बनाएको आरोप स्थानीयले लगाउने गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ११ बजे

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति