उपत्यकामा डकैती गर्ने गिरोहका ६ जना पक्राउ, १८ लाख नगद बरामद | Khabarhub Khabarhub

उपत्यकामा डकैती गर्ने गिरोहका ६ जना पक्राउ, १८ लाख नगद बरामद


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डँकैती गर्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डँकैती गर्ने कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८ वर्षीय सञ्जित वाइवा रहेका छन् ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी विभिन्न बहाना बनाई प्रलोभनमा पारेर लाखौँ रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिएको हो । सो अवसरमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाल्चोकका एक व्यक्तिसँग विभिन्न प्रलोभन पारेर रु ५० लाख लुटेर फरार रहेको समूहलाई पक्राउ गरिएको जानकारी दिए ।

“पीडित व्यक्तिलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर रु ५० लाख लुटपाट गरी फरार रहेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

प्रहरीले पक्राउ परेकासँग नगद रु १८ लाख ७५ हजार ५००, चोरीको मोटरसाइकल एक थान, मोटरसाइकल तीन थान, सुनको औँठी एक थान र विभिन्न कम्पनीका मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : ०२ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा