सांसद मनाङ्गे ६ हजार धरौटीमा रिहा | Khabarhub Khabarhub

सांसद मनाङ्गे ६ हजार धरौटीमा रिहा


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजिव गुरुड धरौटीमा रिहा भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुलमाथि कुटपिट गरेको आरोपमा गत बुधबार पक्राउ परेका मनाङ्गे जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार धरौटी बुझाएर आइतबार रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा प्रदेशसभा सदस्य ममनाङ्गलाई रिहा गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङ्गबाट सहभागी भएको टिमलाई बसोबार र खेलकुद मैदानको उचित व्यवस्थापन नगरेको भन्दै सभासद् मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गर्दै अभद्र व्यवहार गरेका थिए ।

सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मुक्का हाने लगत्तै एन्फाका अध्यक्ष मिलनले जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गे विरुद्धमा जाहेरी दिएका थिए ।

यो पनि पढौं

सांसद दीपक मनाङे पक्राउ

सांसद मनाङेद्वारा एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ६ : ५५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना