प्रा.डा.भीष्मराज प्रसाईको निधन | Khabarhub Khabarhub

प्रा.डा.भीष्मराज प्रसाईको निधन


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रा.डा. भीष्मराज प्रसाईको निधन भएको छ । मेडिसिटी इन्टरनेशनल  अस्पतालमा उपचारका क्रममा उनको बुधबार साँझ निधन भएको हो ।

८९ वर्षीय प्रसाईलाई मुटुमा समस्या देखिएपछि गत कात्तिक २८ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

डा.प्रसाईका श्रीमती सुभद्रा प्रसाई, छोरीहरू डा. सिरू प्रसाई, सञ्जु शर्मा र छोरा डा.सगर प्रसाई छन् ।

डा. प्रसाई नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक थिए । साथै उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक पनि थिए ।

प्रा.डा.प्रसाईका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् ।

उनी भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित भएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ३० बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्