कुवेतमा भारतीयले गरे नेपाली महिलाको हत्या | Khabarhub Khabarhub

कुवेतमा भारतीयले गरे नेपाली महिलाको हत्या



दोहा- कुवेतमा एक भारतीयले नेपाली महिलाको हत्या गरेका छन् ।

कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी ती महिलाको शव भेटिएपछिको अनुसन्धानमा उनको हत्या भएको खुलेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

अपार्टमेन्टमा महिला मृत भेटिएको जानकारीपछि अनुसन्धानका लागि पुगेको प्यारामेडिकल टिमसहित पुगेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनको घाटी थिची हत्या भएको निष्कर्ष निकालेको छ । ती महिलाको हत्या आशंकामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ती व्यक्तिले आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग लागेको पाएपछि हत्या गरेको जनाएको प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । प्रहरीले दुबैको परिचय खुलाएको छैन ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  २ : २० बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त