पोखरामा चारसहित थप सात संक्रमितको मृत्यु | Khabarhub Khabarhub

पोखरामा चारसहित थप सात संक्रमितको मृत्यु


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा चारसहित थप सात संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको विज्ञप्ति अनुसार पोखरामा मात्रै थप चार संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १ का ४२ वर्षीय कोरोना संक्रमित  पुरुषको शुक्रबार बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

असोज ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार बिहान साढे ९ बजे बजे गण्डकी मेडिकल कलेज पोखरामा  मृत्यु भएको छ ।

उनमा कात्तिक ०६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । ७ गते अस्पताल भर्ना उनमा  निमोनियाको पनि समस्या रहेको थियो ।

पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार दिउँसो ४:२५ बजे मृत्यु भएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  मृत्यु  भएको हो । कात्तिक ७ गते कोरोना पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको निर्देशनालयले जनाएको छ ।

पोखरा महानगरपालिका-१५ का ५२ वर्षीया कोरोना संक्रमित महिलाको पनि शनिबार राति १०:२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको छ । उनमा शनिबार नै  कोरोनाको संक्रमण पुष्टि भएपछि  उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

कांग्रेस नेताको मृत्यु

मोरङको विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका ८ का मण्डललाई उनको प्लाज्मा थेरापी विधीबाट विराट मेडिकल कलेजमा उपचार सुरू गरिएको थियो ।

उपचारका क्रममा उनको शनिबार बेलुका मृत्यु भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

यस्तै सुनसरीको धरान उपमाहानगरपालिकामा पनि थप एक संक्रमितको मृत्यु भएको छ ।

धरान १७ का ६२ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए।

असोज २० गते कोरोना पुष्टि भएकी ती महिलालाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो । उनमा मिर्गौलासम्बन्धी पूरानै समस्या रहेको डा.श्रेष्ठले बताए ।

धनगढीमा पनि थप एक संक्रमितको मृत्यु भएको छ । डोटीका व्यापारीको धनगढीमा कोरोनाबाट मृत्यु भएको हो । जेभी आयल स्टोर दिपायलमा कार्यरत कोरोना संक्रमित कर्णबहादुर भण्डारीको मृत्यु भएको हो । कोरोना संक्रमित भएपछि प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ०४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम