जिल्ला अस्पतालको भेन्टिलेटर निजी अस्पतालमा | Khabarhub Khabarhub

जिल्ला अस्पतालको भेन्टिलेटर निजी अस्पतालमा


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – सङ्खुवासभा जिल्ला अस्पतालको भेन्टिलेटर छ महिनादेखि तुम्लिङटारमा रहेको निजी अस्पतालमा छ । तुम्लिङटारमा रहेको मनकामना हस्पिटल प्रालिमा छ महिनादेखि अस्पतालको भेन्टिलेटर प्रयोगविहीन अवस्थामा राखिएको छ ।

निर्माणाधीन अरुण तेश्रो जलविद्युत् आयोजनाले कोरोना सङ्क्रमणका बेला महामारी फैलिने डर भएपछि जिल्ला अस्पतालमा भेन्टिलेटरसहित झन्डै रु ९० लाखबराबरको स्वास्थ्य सामग्री दिएको थियो ।

एउटा भेन्टिलेटर भने प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा रहेको छ । सरकारी भेन्टिलेटर निजी अस्पतालमा नराख्न विपत् व्यवस्थापन समितिको बैठकमा पटकपटक विरोध भएपनि मनकामना हस्पिटलका सञ्चालकले भेन्टिलेटर फिर्ता गरेका छैनन् ।

प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा राखिएको भेन्टिलेटर तुरुन्त फिर्ता गर्न नेकपाका केन्द्रीय सदस्य राजेन्द्र कार्की र नेपाली काँग्रेसका सभापति दीपनकुमार श्रेष्ठले माग गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार मनकामना हस्पिटललाई गत असार मसान्तसम्मका लागि मात्रै भेन्टिलेटर दिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : ०० बजे

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि