दाउन्नेमा पहिरोले बस पुर्दा एकको मृत्यु, सात जना घाइते | Khabarhub Khabarhub

दाउन्नेमा पहिरोले बस पुर्दा एकको मृत्यु, सात जना घाइते


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

उक्त पहिरोमा परी अन्य ७ जना घाइते भएका छन् । बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरेको थियो ।

लेदोसहित खसेको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षीय हरिषचन्द केसीको मृत्यु भएको हो । उनको बिहीबार राति उपचारका क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि शुक्रबार बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : २५ बजे

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव