मुलुकलाई अस्थिरतातर्फ नधकेल्न नेतृत्वलाई नेकपा नेताहरुको सुझाव | Khabarhub Khabarhub

मुलुकलाई अस्थिरतातर्फ नधकेल्न नेतृत्वलाई नेकपा नेताहरुको सुझाव


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधान गर्न नेकपाका नेताहरुले सुझाव दिएका छन् ।

मदन भण्डारी फाउण्डेशनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यद्वय एवं पूर्व मन्त्रीहरु आनन्द पोखरेल र गोकुल बास्कोटा लगायतले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिदै मुलुक अस्थिरतातर्फ धकेलिन थालेको आरोप लगाए ।

मन्त्री ज्ञवालीले नेतृत्व परिवर्तन लागि महाधिवेशन र निर्वाचन पर्खन अनुरोध गरे ।

मन्त्री ज्ञवालीले सरकारको नेतृत्व छाड्नुपर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरतातर्फ नलैजान आग्रह गरे ।

‘नेपालको नक्सा जारी गरेकै आधारमा राजिनामा दिनु पर्ने हो कि ? अरु कुनै अपराध भयो ?’, मन्त्री ज्ञवालीले भने,‘नक्सा जारी गर्न रहर भएकाहरुले यस अघि नेतृत्वमा हुँदा किन नगरेको ? छापाखाना हुँदैमा जारी हुने हो नक्सा ? यसका लागि मुटु भएको नायक चाहियो ।’

नेताहरुले जनतालाई निराश पार्ने गरी गरिरहेको विवादको अर्थ नभएको उनले बताए ।

‘केपी ओलीलाई हटाउने भनेको महाधिवेशन र अर्काे निर्वाचन मात्रै हो’–मन्त्री ज्ञवालीले भने,‘बहुमतबाट हटाउने सपना नदेख्नुस त्यस्तो हुँदा एकता रहँदैन ।’

कार्यक्रममा नेकपा नेता एवं पूर्व मन्त्री आनन्द पोखरेलले पार्टी भित्र देखिएको विवाद कुनै विचारको नभइ पदका लागि भएकाले जनता र कार्यकर्तालाई निरास नपार्न नेताहरुलाई अनुरोध गरे ।

कोरोनाको महामारीमा जुध्ने बेला नेताहरुको पद लोलुपताले कम्युनिष्ट पार्टी आन्दोलनप्रति नै वितृष्णा जगाएको उनले बताए ।

केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तथा नेकपा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान चेतावनी दिए ।

‘२६ महिनामा ६ पटक राजिनामा माग्ने ?, कार्यकर्ताहरुलाई राजनीतिक बन्दि बनाएर आफू पदका लागि लड्ने ?,’नेता बास्कोटाले भने, ‘नेकपाको चालक दलको सिट फेरिदैन, चालक बदल्ने रहर हुनेहरुले महाधिवेशनसम्म कुर्ने हिम्मत गर्नु पर्छ ।’

उनले पार्टी भत्काउने भए किन बनाएको भन्दै प्रश्न गरेका थिए ।

उनले भने, ‘पार्टी सिध्याएर कमण्डलु बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने ? म चेतावनी दिन चाहन्छु पार्टी भत्काउने भए किन बनाएको ?’

कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेकपा नेता एवं नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, नेताहरु गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाई, फाउण्डेशनका सचिव कुमार तिमल्सिना, विद्यार्थी नेता जेनिश लामा लगायतले पार्टी एकताका लागि खवरदारी गरेका थिए ।

भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ । नेता राकेश लामाको अध्यक्षतामा मदन भण्डारी स्पोर्ट एकेडेमी गठन भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : ५४ बजे

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान गरिने

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा