रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज सम्पन्न भएकोे छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भए पनि यो वर्ष कोरोना महामारीको कारण ढिलाइ भएको हो ।

रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्ने भए पनि कोरोनाका कारण यो वर्ष समयमै गर्न नसकिएकाे बताए ।

असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भए पनि कोभिड—१९ सङ्क्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत आज परेकाले आज नै रथारोहण गरिएको उहाँले बताउनुभयो । रथारोहण गरिए पनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उनले बताए ।

जात्रामा २० जनाभन्दा बढीलाई सहभागि नगराइने निर्णय भए पनि उल्लेख्य सहभागिता रहेको थियो ।

पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : १७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड