इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू | Khabarhub Khabarhub

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि लगाइएको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू भएको छ ।

जेरुसेलम अदालतमा सुरू भएको सुनुवाईका क्रममा ७० वर्षीय नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेको बीबीसीले जनाएको छ ।

नेतन्याहुको पक्षमा वकालत गर्नेहरूले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेको बताइएको छ।

अदालतले अर्को सुनुवाईको मिति निर्धारण नगरिकन आइतबार करिव एक सुनुवाई गरेर स्थगित गरेको छ।

इजरायली इतिहासमा बहालवाला प्रधानमन्त्रीले भ्रष्टाचार मुद्दा खेपेको यो पहिलो भएको बताइएको छ ।

उनले व्यापारीको पक्षमा काम गर्ने गरी उपहार लिएको तथा आफ्नो पक्षमा सकारात्मक समाचार प्रकाशनका लागि प्रभावमा पार्न राज्यस्रोतको दुरूपयोग गर्दै लालचमा फसाएको जस्ता आरोपसहितका अनियमितताका मुद्दा दायर भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ६ : ३४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम