'लकडाउन'को समयमा दीर्घ रोगी र बिरामीलाई चिकित्सकको सुझाब | Khabarhub Khabarhub

‘लकडाउन’को समयमा दीर्घ रोगी र बिरामीलाई चिकित्सकको सुझाब


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘तपाई पनि अफिस जानु भएन नानी ?’ मेरो कोठा नजिकै रहेकी एउटी दिदीले आत्तिएको स्वरमा सोधिन् ।’

‘आजदेखि घरमै बसेर काम गर्छु दिदी । मेरो काम नेट र फोनबाट पनि गर्न सम्भव छ ।’

‘नेपाल नै पुरै बन्द गरेछ सरकारले । कहिलेसम्म पो हो, साह्रै डर लागिरहेको छ । के हुन लाग्या हो यस्तो ? हामीलाई पनि कोरोना लाग्यो भने त बर्बाद हुन्छ होला ।’

‘आत्तिनु पर्दैन दिदी सरकारले बन्द गरेको हाम्रै लागि हो । घरबाहिर नजानू छोराछोरीलाई पनि जान नदिनू । घरबाहिर ननिस्किएपछि कोरोना लाग्दैन दिदी । बरु कोठामा ग्यास, खानोकुराहरु त सकिएको छैन नि ?’

सरकार र चिकित्सकहरुले भनेको आधारमा दिदीलाई सम्झाउने प्रयास गरेँ ।

‘खानेकुरा र ग्यास छ नानी । नआत्तिम भने पनि मन आत्तिहाल्छ के !’

‘आत्तिएर होइन दिदी, सजग भएर रोग लाग्नबाट बच्न सकिन्छ ।’

चिकित्सकहरुले दिएका सुझाबका आधारमा मैले ती दिदीलाई कोरोना संक्रमणबारे केही जानकारी दिए । उनले हाँस्दै भनिन्, ‘घर बाहिर ननस्किए त रोग लाग्ने सम्भावनका कम हुने रहेछ है बहिनी ।’

सरकारले मंगलबारदेखि देशभर ‘लकडाउन’ गरेपछि यी दिदी जस्ता धेरै मानिसहरुमा कोरोनाको त्रास बढेको देखिन्छ । सरकारले ‘लकडाउन’ गर्नुअघि नै गाउँघर फर्किएकाहरु परिवारसँग रमाइरहेका छन् । शहरबजारमा कोठामै रहेका धेरै व्यक्तिको मनमा कोरोनाको त्रास देखिन्छ । बन्द शहरको कोठाभित्र रहेकाहरुको मनको त्रास कसरी कम गर्ने ? ‘लकडाउन’को समयमा घरभित्रै रहेका दीर्घरोगीलाई कसरी सुरक्षित गर्ने ? यो विषयमा हामीले केही चिकित्सकहरुसँग कुराकानी गरेका छौं ।

घरभित्रै कसरी बस्ने ?

डाक्टर सरोज वझा, मनोचिकित्सक

‘लकडाउन’को यो अवस्थामा मनोविज्ञानको हिसाबले अहिले कुरा गर्नु आवश्यक छ ।

सबैभन्दा पहिला, ‘लकडाउन’ किन गरेको भनेर बुुझ्नपर्छ । सरकारले हामीलाई सजाय दिन शहर बन्द गरेको होइन । हाम्रो सुरक्षाका लागि नै ‘लकडाउन’ गरिएको हो भनेर अहिलेको परिस्थिति स्वीकार गर्न सक्नुपर्छ ।

जब हामी कुनै कुरालाई सकारात्मक रुपमा लिन्छौँ तबमात्र हाम्रो मनमा डरत्रास हुँदैन । अहिलेको अवस्थालाई सकारात्मक रुपमा बुझ्नुपर्छ । मानिसहरु कोरोनाको बारेमा सचेतना हुन पनि जरुरी छ ।

कोरोना विश्वमा कति द्रुत गतिमा फैलिएको छ । यसबाट बच्ने उपायहरुबारे जानकारी भयो भने यो ‘लकडाउन’लाई मानिसले सकारात्मक रुपमा लिन्छ । कोरोनाको बारेमा राम्रोसँग जानकारी नपाएका व्यक्तिहरुले नै सरकारले दबाबमा घरभित्र थुनिएको महसुस गर्छन् । घरभित्र के गरेर बस्ने भनेर उनीहरु सोच्छन् ।

सबैभन्दा महत्वपूूर्ण, कोरोनाको संक्रमणबारे जानकारी हुनुपर्छ । घरभित्रै बसिएन भने स्थिति भयावह हुन सक्छ र हामी जुनसुुकै बेला संक्रमित हुन्छौं भन्ने बुझ्नुपर्छ । त्यसैले, घरभित्र नै बस्नुपर्छ भन्ने सोचाइ मानिसमा हुनपर्छ ।

जसरी भूकम्पको समयमा आफ्नो सुरक्षालाई मनिसहरुले महत्व दिएका थिए, त्यसैगरी आफ्नो स्वास्थ्य सुरक्षालाई महत्व दिनुपर्छ । स्वास्थ्य सुरक्षाका लागि नै म घरभित्र छु भन्नेर सोच्नुपर्छ । घरमा एकजनालाई मात्र संक्रमण भयो भने पूरै परिवारमा नराम्रो असर पर्छ ।

घरमा बालबालिका र वृद्धवृद्धाहरु छन् भने झनै बढी प्रभाव पर्छ । त्यसैले यो समयमा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नु नै बुद्धिमानी हुन्छ ।

आफूलाई घरमै सकारात्मक काममा व्यस्त राख्ने, घरमै बसेर योग र व्यायाम गर्ने । दिमागमा नकारात्मक असर पर्ने समाचारहरु नहेर्ने । युुटुुबमा योग, व्यायाम आदि सम्बन्धी जानकारी पाइन्छ । त्यो हेरेर आफुले पनि प्रयास गर्ने । परिवारजन र आफन्तसँग कुराकानी गर्ने, आफूसँग भएका जानकारी दिने र उनीहरुसँग भएका जानकारी लिने गर्नुपर्छ । आफूलाई व्यस्त राख्ने । खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ ।

मुटु रोगीले के गर्ने ?

डाक्टर चन्द्रमणि अधिकारी, मुुटुरोग विशेषज्ञ

विशेषगरी नियमित औषधि खाइरहेका मुटुरोगका बिरामीले आफूले खाइरहेका औषधिलाई निरन्तरता दिनुपर्छ । मुटुरोगका बिरामीलाई छाती दुख्ने, दम फुल्ने, मुटुु धेरै ढुकढुुक गर्ने र बेहोस हुने समस्या देखियो भने नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

अहिले नियमित औषधि खाइरहेका मुटुका बिरामीलाई सामान्य रुघाखोकी लाग्यो र ज्वरो आयो भने अहिलेको अवस्थामा घरमै बस्नुपर्छ । ज्वरो धेरै आयो र सास फेर्न कठिन भयो भने कोरोनाको उपचार हुने अस्पतालमा जानुपर्छ ।

मुटुका बिरामीले धेरै चिन्ता लिनुहुँदैन । नुन, चिल्लो, पिरो, तारेको खानाहरु कम खानु र घरमै रहेर हलुका व्यायाम गर्नुपर्छ । मुटु रोगीलाई कोरोना संक्रमण भएकोमा मृत्युदर १० प्रतिशतको देखिएको छ । मुटुका रोगीलाई कोरोना लाग्यो भने मृत्युको खतरा हुनसक्छ । त्यसैले घरबाहिर ननिस्कनु उचित हुन्छ ।

ज्येष्ठ नागरिकले के गर्ने ?

डाक्टर रमेश कँडेल

धेरै जसो मानिसले ‘लकडाउन’लाई गलत पमा पनि बुझेका छन् । महामारीको समयमा रोग फैलिन नदिन लड डाउन गरिएको हो । लड डाउन हुँदैमा फैलिएको हो भन्ने होइन । अहिले नेपालमा २ जनामा मात्र कोरोना देखिएको छ ।

ज्येष्ठ नागरिकमा त पहिला नै कुनै रोग हुन सक्छ । त्यसैले, हामीले सक्रिय रहनुस् भनेर दैनिक आधि घण्टा हिड्नुस् भने गरेका थियौं । अहिले बाहिर निस्किन पाइँदैन । बाहिर निस्किदा कोरोनाको जोखिम हुन्छ ।

यस्तो अवस्थामा नियमित शारीरिक अभ्यास नगर्दा पनि रोग बढ्न सक्छ । त्यसैले घरमै वगैँचामा काम गर्ने तथा आँगन र छतमा बसेर व्यायाम गर्ने गर्नुपर्छ । घरका सानातिना काम गर्नुपर्छ ।

यो समयमा सबैजना घरमै भइन्छ । घरका ज्येष्ठ सदस्यहरुसँग परिवारका सदस्यहरुले कुराकानी गर्नुुपर्छ । जसले गर्दा परिवारमा खुसी मिल्छ र ज्येष्ठ नागरिककमा तनावको समस्या आउँदैन ।

कोरोनाको संक्रमण जसलाई पनि हुन सक्छ तर वृद्ध व्यक्तिमा समस्या बढी हुन्छ । आम नागरिकमा ५ प्रतिशतमा जोखिम हुन्छ । मानौं एक सय जनामा कोरोनाको संक्रमण भयो भने त्यसको उच्च जोखिम हुने, निमोनिया नै हुने, भेन्टिलेटरमै राख्नुपर्ने अवस्था ५ जनामा मात्र आउँछ ।

यो ५ प्रतिशतमा दीर्घरोगी ज्येष्ठ नागरिक नै हुन्छन् । त्यसैले घरमा भएका स्वस्थ ज्येष्ठ नागरिकलाई पनि यो कुरा बुुझाउन जरुरी हुन्छ । दीर्घ रोग नभएका ज्येष्ठ नागरिकमा कोरोना संक्रमण भयो भने निको हुने सम्भावना हुन्छ ।

इरानमा १०३ वर्षका नागरिक पनि कोरोना लागेर उपचारपछि निको भएर घर फर्किए । यस्ता कुरा पनि हामीले हाम्रा ज्येष्ठ नागरिकलाई सुनाउनुपर्छ ।

असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा कोरोना संक्रमणको मृत्युदर १५ छ भनिन्छ । अर्को पाटो, त्यही उमेर समुहका ८५ जना त निको भएर घर फर्किनु हुन्छ । हामीले यही कुरा आफ्नो परिवारका ज्येष्ठ नागरिकलाई बुुझाउनुपर्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  २ : ११ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम