सगरमाथा संवादका लागि भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई नेपालको निम्तो | Khabarhub Khabarhub
Logo
८ फाल्गुन २०७६, बिहीबार

सगरमाथा संवादका लागि भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई नेपालको निम्तो



काठमाडौं– नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नेपालमा आयोजना हुन लागेको सगरमाथा संवादको लागि निम्तो दिएको छ ।

नेपालले पहिलोपटक ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको हो ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले समाजिक सञ्जाल ट्वीटर मार्फत भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई सगरमाथा संवादमा निम्तो पठाइएको जानकारी दिएका छन् ।

नेपालले १ सय ५० भन्दा बढी विदेशी पाहुनालाई सगरमाथा संवादमा सहभागी हुन निम्तो पठाएको छ । कार्यक्रममा विभिन्न देशका प्रमुख, व्यापारी तथा विज्ञहरुबीच दुईपक्षीय छलफल हुनेछ ।

आगामी अप्रिल २ र ४ तारिखमा सगरमाथा संवाद कार्यक्रम हुनेछ।


भर्खर

0