अवैद्य उत्खनन गर्ने १५५ सवारी नियन्त्रणमा | Khabarhub Khabarhub

अवैद्य उत्खनन गर्ने १५५ सवारी नियन्त्रणमा


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- चालु आव २०७६/७७ को पाँच महिनामा दाङमा अबैद्य उत्खनन् गर्ने १५५ सवारीसाधनलाई नियन्त्रणमा ल्याइएको छ जसबाट ३६ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला समन्वय समिति दाङले जानकारी दिएको छ ।

यस अवधिमा १४७ ट्र्याक्टर नियन्त्रणबाट २३ लाख ४० हजार, चारवटा टिप्परबाट दुई लाख, तीनवटा जेसेभीबाट दुई लाख २५ हजार र एउटा स्काभेटरबाट एक लाख राजश्व सङ्कलन भएको जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले बताए ।

ट्र्याक्टरको २० हजार, टिप्परको ५० हजार, जेसेभीको ७५ हजार र स्काभेटरको एक लाखको दरले जरिवाना लिएको उनको भनाइ छ । यस्तै समितिले गत साउनमा ३६ वटा ट्र्याक्टर, एक टिप्पर, जेसेभी २० वटा नियन्त्रणमा लिँदा नौ लाख २० हजार राजश्व सङ्कलन गरेको थियो ।

यस्तै भदौमा ३४ वटा ट्र्याक्टर नियन्त्रणबाट ६ लाख ८० हजार, असोजमा २१ वटा ट्र्याक्टरबाट चार लाख २० हजार र कात्तिकमा १७ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिँदा तीन लाख ४० हजार राजश्व सङ्कलन भएको उनले बताए ।

मङ्सिरमा २३ वटा ट्र्यणक्टर, एक टिप्पर र जेसेभी तीनवटालाई नियन्त्रणमा लिँदा सात लाख ३५ हजार राजश्व सङ्कलन भएको थियो । साथै पुसको अहिलेसम्म ट्र्याक्टर १६, टिप्पर दुई, एक स्काभेटर नियन्त्रणमा ल्याउँदा पाँच लाख २० हजार राजश्व सङ्कलन भएको थियो ।

गत आव २०७५/७६ मा ट्र्याक्टर ३५७, टिपर १८, जेसेभी २५ र स्काभेटर दुईवटा गरेर जम्मा ४०२ वटा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै जिल्ला समन्वय समितिले नियन्त्रण लिएको थियो जसबाट एक करोड एक लाख १५ हजार राजश्व सङ्कलन भएको समन्वय प्रमुख नेपालीले बताए ।

यसअघि प्रहरीले नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन भएका नियन्त्रणमा लिने गरे पनि राजश्व भने समन्वयमै आउने गरेको उनले बताए । यसअघि समितिले मात्रै नदीजन्य पदार्थको उत्खननको अनुगमन गर्दै आएको थियो । अब भने दाङका स्थानीय तहले पनि उत्खननको जिम्मा पाएका छन् ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीका अनुसार स्थानीय तहको मागअनुसार अनुगमनको जिम्मा स्थनीय तहलाई दिइएको हो । स्थानीय तहले अनुगमन गरिसकेपछि प्रतिवेदन समन्वय समितिमा बुझाउनुपर्ने उनको भनाइ छ ।

नदीजन्य पदार्थ कार्यविधि २०७५ को प्रचलित वन ऐन नियम, वातावरण संरक्षण ऐननियम, चुरे क्षेत्र विकास गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्डहरु एवं अन्य प्रचलित कानूनअनुसार गर्ने अनुमति तथा व्यवस्थाको कार्य स्थानीय तहबाट गर्न र सोको प्रतिवेदन समन्वय समितिमा पठाउने गरी स्थानीय तहलाई जिम्मा दिएको समितिका प्रमुख नेपालीको भनाइ छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  २ : १४ बजे

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा