टर्कीमा शक्तिशाली भूकम्प, १४ जनाको मृत्यु | Khabarhub Khabarhub

टर्कीमा शक्तिशाली भूकम्प, १४ जनाको मृत्यु


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण कम्तिमा १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवनहरु भत्किएका छन् । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो ।

टर्कीमा बेलाबेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण १७ हजार मानिसको ज्यान गएको थियो ।

स्थानीय समय अनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेट जाँदा (नेपाली समय अनुसार राति ११ बजेर ४० मिनेट) भूकम्प गएको हो ।

अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ । प्रभावित क्षेत्रमा ४० सयभन्दा बढी उद्धार टोली खटिएका छन् ।

भूकम्पका कारण प्रभावित भएको क्षेत्र राजधानी अंकाराबाट ५ सय ५० किलोमिटर पूर्वमा पर्छ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ०९ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका