सन् २०३० मा नाटो : ट्रान्सएट्लान्टिक साझेदारी | Khabarhub Khabarhub

सन् २०३० मा नाटो : ट्रान्सएट्लान्टिक साझेदारी



गत वर्ष विश्वकै एक सफल सैन्य सङ्गठन, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) स्थापनाको ७०औँ वर्षगाँठ बेलायतको लण्डनमा एक सम्मेलनबीच मनाउने कार्यक्रम तय भएको थियो ।

तीव्ररूपमा बिग्रिँदै गएको सुरक्षा माहोल र त्यसले बढाएको आन्तरिक विभाजनले त्यो सम्भव भएन । हुन त नाटोले यस किसिमका समस्या यसअघि पनि भोगेको थियो । त्यसैले पनि चुनौतीका विषयमा विचार गर्न र दिशा परिर्वतन गर्न सम्मेलन रोकिएको थियो ।

यो वर्ष नाटोका लागि पछि हट्ने र गठबन्धनको भविष्यबारे ‘अगाडि देखिने प्रतिविम्ब’ का विषयामा सोच्ने समय थियो ।

नाटोका महासचिवको नेतृत्वमा जेन्स स्टोल्टनबर्गले नियुक्त गरेको स्वतन्त्र विज्ञहरूको एक समूहले हालसालै नाटोको भविष्यलाई ध्यानमा राख्दै बद्लिदो परिदृश्यमा नाटोलाई कसरी बदल्ने भन्ने विषयमा एक खोज सामग्री प्रकाशन गरेको छ ।

फ्रान्सेली राष्ट्रपति इमैनुएल म्याँक्रोलेनाटो साझेदार देशको आलोचना गर्दै पूर्वोत्तर सिरियामा टर्कीले सुरु गरेको आक्रमण र अमेरिकी राष्ट्रपति ट्रम्पले नाटो साझेदारका विषयमा बारम्बार गरेको आलोचनाको भर्त्सना गरेका छन् ।

नाटोका विदेशमन्त्रीसामु डिसेम्बर १ मा प्रस्तुत गरिएको उक्त खोजलाई ‘नाटो २०३० : एक नयाँ युगको सहकार्य’ शीर्षक दिइएको छ । यो खोजले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पद संक्रमणकालमा रहेको अवस्थामा आफ्नो साझेदार देशलाई समय रहँदै एक प्रस्ताव सिफारिस गरेको छ ।

जनादेश : नाटोको राजनीतिक आयाम बलियो पार्नु

नाटोका सदस्य राष्ट्रले बढ्दो सुरक्षा चुनौतीको समाना गर्न गठबन्धन देशहरूबीच सैन्य अवस्था बलियो बनाएका छन् । नाटोका नेताहरूले लण्डनमा आफ्नो देशको राजनीतिक आयामलाई एकताबद्ध गर्ने, सामञ्जस्य कायम राख्ने र दक्षता बढाउने विषय स्वीकार गरेका छन् ।

सन् २०१९ को अक्टोबरमा द इकोनोमिस्टलाई दिएको एक अन्तर्वार्तामा फ्रान्सेली राष्ट्रपति इमैनुएल म्याँक्रोले नाटोको राजनीतिक र रणनीतिक असङ्गतिका विषयमा स्पष्ट पारेका छन् ।

उक्त अन्तर्वार्तामा उनले नाटो साझेदार देशको आलोचना गर्दै पूर्वोत्तर सिरियामा टर्कीले सुरु गरेको आक्रमण र अमेरिकी राष्ट्रपति ट्रम्पले नाटो साझेदारका विषयमा बारम्बार गरेको आलोचनाको भर्त्सना गरेका छन् ।

राष्ट्रपति म्याँक्रोको प्रतिक्रिया प्रमुख समाचारको विषय बन्दा नाटो साझेदार देशले भने उनको प्रतिक्रियाको स्वागत गरेनन् । उनीहरूले विशेषरूपमा तीन क्षेत्रमा साझेदार देशबीचको राजनीतिक समाञ्जस्य बढाउन एक तरिका अपनाए जसमा विशेषज्ञ समूहको सुझाव थियो :

१. ट्रान्सएटलान्टिक सम्बन्धलाई केन्द्रीयतमा राख्दै गठबन्धन देशबीचको एकता र समाञ्जस्यलाई मजबुत गर्ने ।

२. सहयोगी देशबीच राजनीतिक परामर्श र सहकार्य वृद्धि गर्ने,

३.  सबै रणनीतिक दिशाबाट आउने गठबन्धन र सुरक्षाका हिसाबले वर्तमान र भविष्यको खतरा र चुनौती समाधान गर्न नाटोको राजनीतिक भूमिका र प्रासङ्गिक उपकरण मजबुत गर्ने ।

यो व्यापक हिसाबमा आएको जनादेशले विशेषज्ञको समूहलाई गठबन्धको चुनौती र कार्यको व्यापक समीक्षा गर्न पर्याप्त मार्ग दिएको थियो । यद्यपि, समूहले नाटोको सैन्य गतिविधिका विषयमा केही सम्बोधन गरेन ।

परिर्वतनको प्रक्रिया सामूहिक विचार मन्थन

विभिन्न पृष्ठभूमि र भौगोलिक विविधतालाई प्रतिनिधित्व गर्ने पाँच पुरुष र पाँच महिला सम्मिलित समूहले नाटो गठबन्धका विषयमा फरकफरक दृष्टिकोण अघि सारेका थिए ।

थोमस डी मैजियारे (जर्मनीका पूर्वआन्तरिक र रक्षामन्त्री) र वेस मिशेल (जसले २०१७ देखि २०१९ सम्म युरोपियन र युरेशियाई मामिलाका विषयमा अमेरिकाको राज्यमन्त्रीका रूपमा काम गरेका थिए) ले कार्यक्रमको सहअध्यक्षता गरेका थिए । यो समूहले नाटोभित्र र बाहिर अप्रिल र अक्टोबर २०२० मा व्यापक छलफल गरेको थियो ।

नाटो गठबन्धनमा देखिएको समस्यालाई विदेशी शक्तिले आफ्नो हितअनुकूल प्रयोग गर्न सक्छ, खासगरी रसिया र चीन, जसले व्यक्तिगतरूपमै प्रत्येक साझेदार मुलुकको सामूहिक स्वार्थ र सुरक्षामा खतरा हुने गरी फाइदा लिन सक्छन् ।

करिब ९० वटा बैठकका माध्यमबाट, त्यो समूहले सरकारका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था, विज्ञ, प्रतिनिधिसभाका सदस्य, सैन्य अधिकारी लगायत अन्य निजी क्षेत्रका मानिससँग छलफल गर्‍यो ।

यो समावेशी दृष्टिकोणले समूलाई बृहत् क्षेत्रका समस्या र विषयसँग जुध्न, नाटो अनुकूलको गठबन्धबाट समग्र राजनीतिक सामञ्जस्य र बढ्दो विघटनकारी प्रवृत्तिसँग जुध्न सहयोग मिल्यो ।

निदान : बढ्दो खतरा सम्बोधन गर्न विभाजन

नाटोका साझेदार राष्ट्रले सामना गरेको चुनौतीको विश्लेषणबाट सुरु गर्दा, रिपोर्टमा भनिएको छ कि नाटोले आफ्नो बाह्य सुरक्षा वातावरणमा पछिल्लो दशक केही मौलिक परिवर्तनको अनुभव गरेको छ । सन् २०१० पछि, जब पछिल्लोपटक रणनीतिक अवधारणा अपनाइएको थियो, साझेदार देशहरूले एकसाथ महान शक्ति प्रतियोगिता र वैश्विक खतराको तिव्रता (स्थायी आतंकवाद, प्रविधिको बद्लिदो स्वरूप, महामारी र जलवायु परिर्वतन) जस्ता विषयको सामना गर्नुपरेको छ ।

गठबन्धनको सामञ्जस्य कमजोर पार्ने कैयौँ ‘आन्तरिक तनाव’ को वर्णन गर्ने एक लेखका अनुसार मुख्य खतरा अन्तरिकरूपबाटै आउन सक्छ । खतराको विषयमा छरिएको बुझाइ, दुई पक्षीय तिक्तता, साझेदारीमा समस्या, अमेरिकाको विश्वसनीयताका विषयमा बढ्दो शंका र अझ गठबन्धनभित्रको लोकतन्त्रलाई पछि पार्ने कार्य (‘प्रतिनिधि मुलक प्रजातन्त्रका लागि चुनौती) हो । यस्तो हुनु ‘नाटो विभाजनको बाटो हो । यसलाई व्यावहारिक अथवा प्रकाशनिक समस्याका रूपमा मात्रैभन्दा पनि रणनीतिक समस्याको रूपमा हेर्नुपर्छ’, रिपोर्टको दाबी गर्छ ।

किनकि, एकताविना सहयोगी दलले विभाजित गरेको यो अप्रिय रणनीतिक वातावरणको सामना गर्नुपर्छ । यो चुनौतीको सामना गर्न न युरोप न त उत्तर अमेरिका, त्यति शक्तिशाली छैनन् जसले यो समस्यालाई एक्लै सामना गर्न सकून् ।

अब फेरि नाटोले आफ्नो उपादेयता सिद्ध गर्दै आफू पनि बाँच्दै आफ्नो गठबन्धनका राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ ।

नाटो गठबन्धनमा देखिएको समस्यालाई विदेशी शक्तिले आफ्नो हितअनुकूल प्रयोग गर्न सक्छ, खासगरी रसिया र चीन, जसले ‘व्यक्तिगतरूपमै प्रत्येक साझेदार मुलुकको सामूहिक स्वार्थ र सुरक्षामा खतरा हुने गरी फाइदा लिन सक्छन् ।

सिफारिस : बाँच्नका लागि अनुकूलता

यस पृष्ठभूमिका बाबजुद, लेखक नाटोको अनुकूलन अगाडि बढाउने विषयमा वकालत गर्छन् । पहिलादेखि नै ‘समयभन्दा अघि आएको तुफान’ बद्लिएको रणनीतिक परिस्थिति विकास गर्न र व्यवस्थित गर्न सफल भएको छ ।

उक्त रिपोर्टमा सन् १९६७ को ‘हार्मेल रिपोर्ट’ को उदाहरण दिँदै रसियासँगै ‘दोहोरो प्रक्रिया’ एकातर्फ त्रास देखाउँदै अर्कोतर्फ वार्ता गर्ने रणनीति लिएको थियो । त्यसलाई नाटोका साझेदार राष्ट्रले अझै पनि पालन गर्छन् । अब फेरि नाटोले आफ्नो उपादेयता सिद्ध गर्दै ‘आफू पनि बाँच्दै आफ्नो गठबन्धनका राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ ।’

अन्त्यमा विज्ञहरूले सन् २०३० सम्म गठबन्धलाई सक्षम बनाई राख्ने उद्देश्यका साथ १३८ बाट सुझाव दिएका छन् । जसले ‘शान्ति, स्थिरता र युरोप–एटलान्टिक क्षेत्रमा कानूनी शासन’ बनाई राख्न र रसियाबाट अन्तरिक्षबाहिर हुनसक्ने चुनौतीको सामना गर्न तयारीका लागि सुझाव दिएका छन् । यस प्रसङ्गमा निम्न सुझावहरू मनन् योग्य छन् ।

नयाँ सुरक्षा वातावरणको लागि अद्यावधिक रणनीति

पहिलो कदमका रूपमा लेखक सन् २०१० को सुरक्षा रणनीति अद्यावधि गर्ने सुझाव दिन्छन् ।

उनीहरूका अनुसार उक्त रणनीति ‘वर्तमान भूराजनीतिक वातावरणलाई प्रतिक्रिया दिन असमर्थ छ ।’

नयाँ रणनीतिक अवधारणा सबै समस्याको निराकरण होइन भन्ने मान्यता दिँदै, प्रतिवेदनले एक किसिमको अवसरको निर्माण गर्छ, जसले ‘स्पष्ट प्राथमिकताहरू तय गर्छ, साझेदारबीच ‘एकता दृढ बनाउँछ’ र हाल विद्यमान प्रयासहरूमा एकताको सिर्जना गर्छ । रणनीतिक अवधारणा आधुनिकीकरण गर्ने काम अर्को शिखर सम्मेलनलगत्तै सुरु हुन सक्छ ।

गठबन्धनले मुख्यरूपमा आफ्नो ध्यान धेरैभन्दा धेरै समयराजनीतिक स्रोतचीनले निम्त्याउन सक्ने सुरक्षा चुनौतीमा केन्द्रित गर्नुपर्छ । नाटोले बेइजिङबाट उत्पन्न हुन सक्ने साइबर हमला र विघटनकारी अभियानप्रति आफ्नो दृढता मजबुत गर्नुपर्छ ।

रसियाको सम्बन्धमा, विज्ञहरू निवारण र संवादको दोहोरो प्रक्रिया जारी राख्नुपर्ने सुझाव दिन्छन् । यसमा साझेदार राष्ट्रहरूले मस्कोसँगको सम्बन्ध दुई तरिकाले अगाडि बढाउनुपर्ने हुन्छ ।

एक, ‘बढ्दो राजनीतिक पहुँच’ लाई समर्थन गर्ने र रुसी आक्रमकता रोक्न बजेटमा वृद्धि गर्ने, खास गरी हातहतियार नियन्त्रण गर्दै जोखिम न्यूनीकरण गर्नेतर्फ ध्यान दिनुपर्छ ।

हतियार नियन्त्रणका विषयमा, साझेदार देशहरू एक अर्थपूर्ण बहस केन्द्रका रूपमा अघि आउँदै हालका र भविष्यमा आउन सक्ने चुनौतीका विषयमा छलफल गर्नुपर्छ ।

गठबन्धनले मुख्यरूपमा आफ्नो ध्यान ‘धेरैभन्दा धेरै समय’ र ‘राजनीतिक स्रोत’ चीनले निम्त्याउन सक्ने सुरक्षा चुनौतीमा केन्द्रित गर्नुपर्छ । नाटोले बेइजिङबाट उत्पन्न हुन सक्ने साइबर हमला र विघटनकारी अभियानप्रति आफ्नो दृढता मजबुत गर्नुपर्छ । यस्तै, चीनको औद्योगिक र प्रविधिको रणनीतिक सुरक्षालाई राम्रोसँग आकलन गर्नुपर्छ ।

भूराजनीतिक प्रतिस्पर्धाको पुनरावृत्ति स्वीकार गर्नुको अलावा गठबन्धनले वैश्विक खतरा पनि राम्रोसँग समाधान गर्नुपर्छ ।

‘तत्कालको खतरा’ का रूपमा आतंकवाद देखिएको छ । यस सम्बन्धमा, आतंकवादविरुद्धको लडाइँमा नाटोको गतिविधि (सैन्य योजना, अभ्यास, गुप्तचर सूचना आदनप्रदान) ‘क्रस–कटिङ लाइन अफ इफोड’ हुनुपर्छ । यसको अलवा, आतंकवादी हमलाबाट प्रभावित साझेदार देशको ‘विकास’ मा नाटोले एक सहयोगी भूमिका खेल्न सक्छ ।

यस्तै, गठबन्धन देशले दक्षिण दिशातर्फ आफ्नो सैन्य क्षमता वृद्धि गर्नुपर्छ । युरोपियन युनियनसँग समुद्री सुरक्षामा साझेदारी पनि गर्नुपर्छ । (रिपोर्टमा दुवै संस्थाले यी विषयमा कसरी साझेदारी गर्छन् भन्ने कुरा उल्लेख गरिएको छैन) ।

नाटोले आफ्नो स्थितिगत जागरुकता बढाउँदै जलवायु परिर्वतन र महामारीजस्ता नयाँ जोखिमका क्षेत्रमा आफ्नो लचिलोपन बलियो बनाउन आवश्यक हुन्छ । (रिपोर्टले विशेषरूपमा जलवायु र सुरक्षा क्षेत्रमा उत्कृष्ट केन्द्र निर्माण गर्ने प्रस्ताव गर्छ) र यी चुनौतीलाई आफ्नो संकट व्यवस्थापनको योजनामा पूर्णत सहभागी गराउँछ ।

गठबन्धनको राजनीतिक आयाम मजबुत गर्ने

यद्यपि, यो अनुकूलता तबमात्र प्राप्त हुन्छ, जब यो गठबन्धन मूल मन्त्रबाट पछि हट्दैन र पुनर्जीवित राजनीतिक सम्बन्धबाट प्रभावित हुँदैन, जुन सबै सहयोगी देशका लागि ‘असंदिग्ध प्राथमिकता’ हो ।

लोकतान्त्रिक संस्थाको कामकाजमा बाहिरी फोर्सको शत्रुतापूर्ण हस्तक्षेपको सामना गर्ने, साझेदार मुलुकलाई समर्थन गर्दै प्रजातन्त्र सुदृढ पार्न समर्पित उत्कृष्ट केन्द्रको निर्माणको प्रस्ताव पनि गरेको छ । गठबन्धनले आफ्ना प्रमुख साझेदार राष्ट्रसँगको सम्बन्ध र सहकार्यलाई सुदृढ बनाउनुपर्छ ।

यसको अन्त्यमा, विज्ञहरू साझेदार राष्ट्रले प्रण गरोस् भन्ने चहान्छन्, उच्चतहमा, ‘आचारसंहितको राम्रो पालना’ का लागि, सन् १९४९ को वासिङटन सन्धिको भावनामा बाँधिँदै (उदाहरणका लागि, गठबन्धनको साझा भावनाबाट, समस्यालाई साझारूपमा समाधान गर्दै र राजनीतिक प्रेरित नाकाबन्दीबाट बच्न) ।

रिपोर्टमा सामाजिक प्रभावहीनताले देशलाई कसरी घातक प्रभावतर्फ लक्षित गर्छ भन्ने कुरा पनि बताइएको छ ।

लोकतान्त्रिक संस्थाको कामकाजमा बाहिरी फोर्सको शत्रुतापूर्ण हस्तक्षेपको सामना गर्ने, साझेदार मुलुकलाई समर्थन गर्दै प्रजातन्त्र सुदृढ पार्न समर्पित उत्कृष्ट केन्द्रको निर्माणको प्रस्ताव पनि गरेको छ । गठबन्धनले आफ्ना प्रमुख साझेदार राष्ट्रसँगको सम्बन्ध र सहकार्यलाई सुदृढ बनाउनुपर्छ ।

युरोपियन युनियनबाट यसको सुरुवात गर्नुपर्छ । दुवै सङ्गठनले ‘उच्चतम स्तरमा विश्वस र समझदारी बढाउनुपर्छ । सन् २०२१ मा हुने इयु नाटो सम्मेलनले सम्बन्ध सदृढ गर्ने एक अवसर प्रदान गरेको छ ।

संस्थागत कर्मचारीबीचको सम्बन्धले विभिन्न मुद्दामा काम गर्न सहयोग पुर्‍याउँछ जहाँ एउटाको योग्यताले अर्कोलाई फाइदा पुग्छ र सहयोगको क्षेत्र निर्धारण गर्न पनि सहज हुन्छ (उदाहरणका लागि लचिलोपन, कृत्रिम ज्ञान, र सैन्य गतिशीलता) ।

दुवै सङ्गठनले समन्वयात्मक रणनीतिक संरचना पनि अपनाउन सक्छन् र आफ्ना अधिकारीहरूलाई संयुक्त यात्राका लागि पनि पठाउन सक्छन् ।

कम महत्वको त होइन तर अन्तिममा, रिपोर्टले नाटोको राजनीतिक निर्णयात्मक अधिकार बढाउनुपर्ने मननयोग्य सुझाव दिएको छ । जस्तै कि गठबन्धनभित्रै तदर्थ गठबन्धनको समर्थन गर्न एक संयन्त्र स्थापना गर्ने (ईयू स्थायी संरचनाजस्तै) ।

संकटको समयमा निर्णय गर्न समयको सीमा तोक्ने अथवा जब बाहिर दुई पक्षीय विवाद समाधान गर्नुपर्ने हुन्छ, एकल स्तरबाट आउने रोकावट मन्त्रीस्तरको बैठकबाट सामना गर्ने ।

अर्को कदम

रिपोर्टको आफ्नै सीमितता छ । नाटोको सीमित स्रोतको हिसाबमा सुझावले बाहिरी चुनौतीलाई पर्याप्तरूपमा प्राथमिकतामा राखेको छैन ।

यसले नयाँ सुरक्षा वातावरणमा जाँदा साझेदार मुलुकलाई आउन सक्ने सम्भावित सुरक्षा चुनौतीको विषयमा केही जानकारी दिएको छैन ।

यो रिपोर्टमा दिइएका केही सुझावका विषयमा प्रश्न गर्न सकिन्छ । जस्तै, नयाँ नाटो सेन्टर खोल्न दिइएको सुझाव । राजनीतिक सम्बन्धमा, विज्ञहरू आफ्नो भाषा छनोटका विषयमा निकै चनाखो हुन्छन् ।

खासगरी ‘आन्तरिक समस्या’ का विषयमा उदाहरण दिने मामिलामा उनीहरू जोगिन्छन् । अथवा, कुनै एक व्यक्तिले राजनीतिक ‘आचारसंहिता’ पालना नगरेको अवस्थामा पनि सुधारात्मक सुझाव दिने विषयमा उनीहरू जोगिन्छन् ।

यो मामिलामा धेरै कमजोरी छ । तर पनि विशेषज्ञका विविधताको परिणाम हो, जसले गठबन्धनभित्रको राजनीतिक संवेदनशीलता दर्शाउँछ ।

संकटको समयमा निर्णय गर्न समयको सीमा तोक्ने अथवा जब बाहिर दुई पक्षीय विवाद समाधान गर्नुपर्ने हुन्छ, एकल स्तरबाट आउने रोकावट मन्त्रीस्तरको बैठकबाट सामना गर्ने ।

सार्वजनिक गरिएको रिपोर्ट नाटोलाई प्रतिविम्बित गर्ने अन्तिम चरणबाट भने टाढा छ । विशेषज्ञहरूको सुझावको एक उद्देश्य महासचिवलाई विचार विर्मश गर्ने एक आधाररेखा प्रदान गर्नु हो । महासचिवले सन् २०२१ को नाटो सम्मेलनमा आफैँ प्रस्ताव ल्याउनुपर्नेछ ।

अन्त्यमा, गठबन्धनलाई वास्तवमै अनुकूल बनाउन र साझेदार राष्ट्रहरूसँगै रहने निर्णायक कदम चाल्ने काम पनि गठबन्धनकै हुनेछ । तर, विशेषज्ञका लागि, वर्तमान अवस्थालाई शंकाको कुनै आधार दिएको छैन । नाटोको रूपान्तरण अनिवार्य आवश्यकता हो । यो साझेदार राष्ट्रको ‘जिउने आधार’ मात्रै होइन, ‘जीवित रहनका लागि न्यूनतम आवश्यकता हो ।’

(पियरे मार्कोस सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरन्याशनल स्टडिज् (सीएसआईएस) वासिङटनसँग आबद्ध छन् । उनी सीएसआईएसका युरोपियन, रसियन र युरेशियन क्षेत्रमा भिजिटिङ फेलोका रूपमा कार्यरत छन् । डिसेम्बर ३, २०२० मा सीएसआईएसको आधिकारी वेबसाइटमा प्रकाशित यो लेख हामीले नेपाली भाषामा भावानुवाद गरेका हौँ ।)  

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : ०७ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आइपिएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४