मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स) | Khabarhub Khabarhub

मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स)


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँ, तिहार र छठ पर्व हाम्रो सम्मुखमा छन् । यो बेला बजारमा अत्याधिक मासु खपत हुन्छ ।

दशैँमा हरेकका घर–घरमा खसी बोका काट्ने चलन पनि छ । यो समयमा सवैका घर–घरमा मासु प्रशस्त हुने भएकाले सबै मासु तत्काल सकिने अवस्था रहँदैन । मासु बासी राख्दा कुहिने सम्भावना अधिक रहन्छ ।

यस्तो अवस्थामा राम्ररी नपाकेको, बासी तथा अस्वस्थ मासु खाँदा यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । मानिसहरु बिरामी पर्ने खतरा पनि अधिक रहन्छ । मासुमा जीवाणु तथा विषाणु संक्रमण छिटो हुन्छ र कुहिन सक्छ ।

स्वस्थ्य पशु, सफा वधस्थल, वध गर्ने व्यक्तिको सरसफाइ, सफा पानी तथा सफा औजार सामग्री हुनु जरुरी रहन्छ ।
अस्वस्थ मासुको सेवनले एनथ्राक्स, क्षय रोग, ब्रुसेलोसिस, सालमोनेलोसिस, लिस्ट्रयोसिस, ट्राइकोनोसिस, टीनीएसीस, नाम्ले रोगलगायतका रोगहरुमा मानिसमा सर्न सक्ने जोखिम उत्तिकै रहन्छ ।

क्ल्सस्टिडियम, बोटुलिनम, ढुसीमा पेनिसिलियम, म्युकर क्लाडोस्पोरियम, अलटरनेरिया, स्पोरोट्राइकम, थामनिडियम मिसिएर मासु दुषित बन्छ । यस्तो मासु स्वास्थ्यका लागि विषाक्त हुन्छ । यसको प्रयोग गर्दा झाडा पखाला लाग्न सक्छ । यी किटाणुले पहिले मानिसको पेट, आन्द्रा आदिमा आक्रमण गर्छन् ।

बिग्रेको मासुको सतह चिपचिपे हुनु, स्वभाविक रंगको सट्टा फिक्का वा कालो निलो हुने, ग्याँस उत्पादन हुने, गन्धमा फरक हुने बोसो पग्लेर जाने हुन्छ ।

अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु बिगारेमा मासु कुहिएर दुर्गन्धित हुन्छ र अमिलो हुन्छ यसले स्वास्थ्यमा असर पुर्‍याउँछ ।

मासुको उचित सञ्चय कसरी गर्ने ? यस विषयमा सवैलाई जानकारी नहुन सक्छ । यहाँ मासु कसरी सञ्चय गर्ने भन्ने विषयमा केही टिप्स प्रस्तुत गरिएका छन्–

मासु सञ्चय गर्दा शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । यसले मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निष्क्रिय पार्छ । यसले मासुको गुणस्तर बिर्गान सक्ने सबै खाले विषाणु, जीवाणु तथा ढुसीबाट हुने प्रदूषण र संक्रमणलाई रोक्छ ।

१ चिस्याउने
२ पकाउने
३ जल विग्रहीकरण
४ रसायनको प्रयोग
५ अम्ल्याउने तथा
६ विकिरण गर्ने गर्नुपर्छ ।

राँगाको मासु १२ महिना, बंगुरबदेलको मासु, ६ महिना खसी, बोका, भेडा च्यांग्राको मासु ६ देखि ९ महिना, कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ ।

मासुलाई १५० देखि १६० डिग्री फरेनहाइट तताएर सुरक्षित गर्न सकिन्छ । यो तापक्रममा सबै जीवाणु र विषाणु नष्ट हुन्छन् । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखी संरक्षण गर्नुपर्ने हुन्छ ।

मासुलाई २५० डिग्री फरेनहाइट तापमा पकायो भने सबैखाले जीवाणु/विषाणु नष्ट हुन्छन् । यसबाहेक मासुलाई जलविग्रहीकरण गरी सुकुटी बनाएर सुरक्षित राख्न सकिन्छ ।

परम्परागत मरमसला प्रयोग गरेर, अम्लीकरण गरेर, डिप फ्रिज वा फ्रिजमा राखेर, पकाएको मासु राम्रोसँग छोपेर फ्रिजमा राख्नु राम्रो हुन्छ । यसो गरेमा चाडबाडका बेला खाएको मासुबाट स्वास्थ्यमा कम असर पर्ने हुन सक्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ३ : ०८ बजे

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक