राप्रपाको विधान मस्यौदा बनाउन समिति गठन | Khabarhub Khabarhub

राप्रपाको विधान मस्यौदा बनाउन समिति गठन


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विधान मस्यौदा समिति बनाएको छ। निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक बसेको पार्टीका अध्यक्षहरूको बैठकले समिति गठन गरेको हो।

पार्टीका नेता निरन्जन थापाको संयोजकत्वमा गठित समितिले १५ दिनभित्र पार्टीको विधान मस्यौदा प्रतिवेदन पेश गर्नेछ। ७ सदस्यीय यो समितिमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्त्तिप्रसाद सिटौला, वरिष्ठ अधिवक्त्ता राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक सदस्य छन्।

समितिले ‘पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर’ विधान मस्यौदा प्रतिवेदन तयार पार्न अख्तियारी दिइएको केन्द्रीय सचिवालय प्रमुख ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

त्यस्तै अध्यक्षत्रयको बैठकले केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठक असोज ११ गते बजे केन्द्रीय कार्यालय चाबहिलमा बस्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : १८ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको