पेरूको नाइट क्लबमा प्रहरीले छापा मार्दा भागदौड, १३ जनाको मृत्यु | Khabarhub Khabarhub

पेरूको नाइट क्लबमा प्रहरीले छापा मार्दा भागदौड, १३ जनाको मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पेरूको एक नाइट क्लबमा प्रहरीले छापा मार्दा मच्चिएको भागदौडमा १३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको नाइट क्लबमा पार्टी गरिएपछि प्रहरीले छापा मार्दा त्यहाँ भागदौड मच्चिएको थियो । सो क्रममा १३ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको छ।

भागदौडमा तीन प्रहरीसहित छ जना घाइते भएका छन्। प्रतिबन्धनकाबीच क्लब सञ्चालन गरेको भन्दै त्यसका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोनाभाइरसको संक्रमण बढेपछि पेरुमा नाइटक्लब, बारहरु मार्चदेखि बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ५१ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत