यूएईमा मृत भेटिएका दुबै नेपालीको पहिचान खुल्यो | Khabarhub Khabarhub

यूएईमा मृत भेटिएका दुबै नेपालीको पहिचान खुल्यो


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा गत अगष्ट ८ मा मृत भेटिएका दुबै जना नेपालीको पहिचान खुलेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार उनीहरु दुईजनामध्ये एक माेरङका र अर्का तनहुँका रहेका छन् ।

उनीहरुको शव हेर्दा हत्या भएको अनुमान गरिएको छ । घटनाका विषयमा यूएई प्रहरीले अनुसन्धान जारी राखेको छ । हत्याको आशंकामा केहीलाई पक्राउ समेत गरिएको जनाइएको छ ।

मृतकमध्ये एक जना मोरङको बेलबारीका २७ वर्षका किरण गुरुङ हुन् भने अर्का तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठ रहेको दूतावासले जानकारी दिएको हो ।

यसअघि श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । गुरुङको मृत्युबारे परिवारले पनि धेरै दिनपछि मात्र थाहा पाएको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानमा दुई जनाबीच विवाद हुँदा एक अर्काले धारिलो हतियार प्रहार गरी मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

दूतावासका अनुसार श्रेष्ठ र गुरुङको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको पाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ५२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड