६७ वर्षीय हरिबहादुर जसले चितुवासँग 'कुस्ती' खेलेर जोगाए ज्यान ! | Khabarhub Khabarhub

६७ वर्षीय हरिबहादुर जसले चितुवासँग ‘कुस्ती’ खेलेर जोगाए ज्यान !


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मरेको छ ।

जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो ।

‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई वचाउन आए ।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए ।’ उनले दब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए । ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिनेट जति कुस्ति खेल्यौ ।’ हरिबहादुरले भने ‘ खुर्पाको चोटले चितुवा थाक्दै हुँदै गयो र आक्रमण गर्छ छाड्यो ।’

‘बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, म टुहुरो हुनबाट बचेँ ।’ छोरा रणजंग थापाले भने । चितुवाको आक्रमणबाट वचेका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए ।

घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले बताएको छ । सो घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : १७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम