बागलुङकी १९ वर्षीया युवतीले भनिन्- धैर्यता र आत्मबलले कोराेनाको संक्रमण जितेँ « Khabarhub

बागलुङकी १९ वर्षीया युवतीले भनिन्- धैर्यता र आत्मबलले कोराेनाको संक्रमण जितेँ


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती अन्सु सापकोटा आत्मविश्वास बलियो बनाएर धर्यता अपनाउँदा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएकी छिन् ।

शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी उनले काेराेना जित्नुमा आत्मविश्वास, धैर्यता र सन्तुलित खाना भएकाे अनुभव सुनाएकी छिन् ।

उनले भनिन्, ‘आत्मबल नै सबैभन्दा ठूलो औषधी रहेछ, हिम्मत नहारे कोरोनालाई जित्न सकिन्छ ।’

उनी बागलुङको पहिलो संक्रमित तथा नेपालको पाँचौ संक्रमित हुन् । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत गराइरहेकी उनको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएसँगै अस्पतालले आज डिस्चार्ज गरेको हो ।

लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण निको भएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ ।

चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना विरुद्धको लडाइँ जित्नेको संख्या ११ पुगेको छ ।

यस अघि उनीसँगै बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेलले कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी थिइन।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : १५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा