म्यान्मारमा दुई जनामा कोरोनाको संक्रमण भएको पुष्टि | Khabarhub Khabarhub

म्यान्मारमा दुई जनामा कोरोनाको संक्रमण भएको पुष्टि


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यान्मारमा पहिलो पटक दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । म्यान्मारका स्वास्थ्य अधिकारीहरुले विदेश भ्रमणबाट फर्किएका दुई म्यान्मारी नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।

संक्रमितमध्येका एक २६ वर्षका व्यक्ति हालै बेलायतको भ्रमणपछि फर्केका थिए । अर्का ३६ वर्षे व्यक्ति अमेरिका भ्रमणपछि म्यान्मार फर्किएका थिए ।

दुईजनामा संक्रमण पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेका अन्यको पहिचान गर्ने काम भइरहेको म्यान्मारका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनसँग सीमा जोडिएपनि म्यान्मारमा यसअघिसम्म कोरोना भाइरसका संक्रमित पुष्टि भएका थिएनन् ।

कोरोना भाइरसको प्रकोपको रोकथामका लागि म्यान्मारले गत साता नै सबै सीमा नाकाहरु बन्द गर्ने घोषणा गरेको थियो भने भीडभाड नगर्न आह्वान गरिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ४७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत