अमेरिकामा रहेका युवा कलाकारले ‘गोर्खे’मार्फत देखाए राष्ट्रप्रेम ! | Khabarhub Khabarhub

अमेरिकामा रहेका युवा कलाकारले ‘गोर्खे’मार्फत देखाए राष्ट्रप्रेम !


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्ड मार्शल स्याम मानिक्शाको एउटा चर्चित भनाई छ “ यदि कसैले मर्नदेखि डराउदिन भन्छ भने कि त उसले झुट बोलेको हुनुपर्छ कि त उ गोर्खाली हुनुपर्छ ।” गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् । हाम्रो देश पुर्खाको विरताले आर्जेको देश हो । यस्तै भावना बोकेको गीत ‘गोर्खे’ सार्वजनिक भएको छ ।

अमेरिकामा बसेर नेपाली गीत संगीतमा निरन्तर क्रियाशील राष्ट्रप्रेमी युवा पुस्ताका सर्जक कलाकारहरुले यही कुरालाई मनन गर्दै  “गोर्खे” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा नेपाल आमाका हरेक राष्ट्र प्रेमी नेपालीहरुले राष्ट्रका लागि सोच्नु र गर्नुपर्नेबेला आएको भन्ने भाव झल्काइएको छ । गीतको म्यूजिक भिडियोमा अहिलेको अवाश्यकता भनेको राष्ट्रियता भएको जनाइएको छ ।

गीतमा गायक किरण गजमेरको श्वर रहेको छ । गीतका शब्द नारायण ढुङ्गाना र प्रलाद ढुङ्गानाले मिलेर लेखेका हुन् भने गीतमा संगीत रुपेश डग्नाको रहेको छ। गोपाल रसाइलीले गीतको संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन । लक्ष्मी बर्देवा सह निर्देशक रहेको यस भिडियोलाई चर्चित युवा निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन । हरि घिमिरेको लगानीमा भिडियो निर्माण भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : १६ बजे

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न