समृद्धिका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा | Khabarhub Khabarhub

समृद्धिका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन- गृहमन्त्री रामबहादुर थापाले मुलुककाे शान्ति र समृद्धिका लागि सुरक्षा व्यवस्था मजबुत हुनुपर्ने बताएका छन् ।

प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्काे पाटो भएको बताए ।

आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उनले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताए । एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उनले जानकारी दिए ।

प्रहरीलाई निर्देशन दिँदै उनले भने, “अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नुहोस् ।”

मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई सङ्कटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताए ।

उनले भने, “शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक छ ।”

पहाडी क्षेत्रमा प्रहरी चौकी विस्तारको रणनीतिमा सरकार रहेको उनले स्पष्ट  पारे । चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको भन्दै उनले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताए ।

सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताए । एघार कोठे सो भवन रु एक करोड ५३ लाख ५३ हजार ३१८ लागतमा निर्माणसम्पन्न भएको हो ।

भवनमा कार्यालयसहित थुनुवा कक्ष रहेका छन् । चौकीले कालिका नगरपालिका क्षेत्र हेर्दै आएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : ०६ बजे

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा