कोरियामा रहेका नेपाली भन्छन्– बाहिर जान मिल्दैन, मास्क पाइन छाड्यो | Khabarhub Khabarhub

कोरियामा रहेका नेपाली भन्छन्– बाहिर जान मिल्दैन, मास्क पाइन छाड्यो



काठमाडौं– चीनबाट शुरु भएको कोभिड– १९ अर्थात् कोरोना भाइरसको महामारी यतिवेला विश्वको विभिन्न भागमा फैलिएको छ । युरोपसहित एशियाली मुलुकहरुमा समेत कोरोनाको संक्रमण देखिएको छ ।

चीनपछि अहिले कोरोना भाइरसको संक्रमण दक्षिण कोरिया र इटालीमा पनि देखिएको छ ।

कोरोनाका कारण इटालीमा तीन जनाले ज्यान गुमाएका छन् भने दक्षिण कोरियामा ६ जनाले मृत्युवरण गरिसकेका छन् । दक्षिण कोरियामा साढे ७ सय भन्दा धेरै जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरिया वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य मुलुक हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत र अध्ययनका लागि कोरिया जाने नेपालीको संख्या आधा लाखको हाराहारीमा रहेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै त्यहाँ रहेका नेपाली चिन्तित बनेका छन् ।

‘कमाउन’ का लागि भन्दै कोरियामा रहेका उनीहरु यतिवेला कोराना संक्रमणको त्रासमा काममा गइरहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट कोही पनि नेपालीलाई असर गरेको समाचारहरु सार्वजनिक भएका छैनन् ।

कोरियाको थेंगु प्रान्तमा बुधबार बेलुकी त्यहाँको एक चर्चबाट कोरोना फेला परेको आशंका गरिएको छ ।

थेंगु क्षेत्रमा पाँच सय भन्दा बढी व्यक्तिमा संक्रमण फैलिएको कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त क्षेत्रमा विवाह लगायतका समारोहमा गरिने भोजमा समेत सरकारले रोक लगाएका समाचारहरुमा जनाइएको छ ।

गत शनिबार कोरोना भाइरसका कारण कोरियाको थेगुमा एकजना कोरियन नागरिकको मृत्यु भएको थियो । मोटर पार्टस् कम्पनीका कार्यरत उनको संक्रमणका कारण मृत्यु भएपछि उक्त कम्पनीका काम गर्ने नेपाली चिन्तित बनेका छन् ।

उक्त मोटर पार्टस् कम्पनीमा १६ जना नेपाली कामदार रहेका छन् । उक्त कम्पनीमा कार्यरत नेपालीले नाम उल्लेख नगर्ने शर्तमा भने, एक जनाको मृत्यु भएको छ । उसबाट अरुमा पनि संक्रमण भएको रहेछ भने समस्या हुन्छ । यसले गर्दा साथीहरु चिन्तित छन् ।

केही कम्पनीहरुमा सयौंको संख्यामा नेपालीहरुले एकैपटक विदाको अनुमति मागेका छन्

थेंगु प्रान्त नजिकैको चोइनान प्रान्तमा रहेका कैलालीका कृष्ण अधिकारीले कोरोना संक्रमण बढेसँगै केही कम्पनीहरुमा काम बन्द भएको बताए ।

‘साथीहरुले काम गर्ने केही कम्पनीहरु बन्द भएका सुनिएको छ’ खबरहबसँगको कुराकानीमा अधिकारीले भने,‘ हामी सुरक्षित नै छौं । अहिलेसम्म कुनै पनि नेपालीलाई संक्रमण भएको सुनिएको छैन ।’

आफूहरु कम्पनी भित्रै काममा रहने भएका कारण केही हदसम्म ढुक्क भएपनि बाहिरी मानिसहरुको आवतवाजतमा भने संक्रमणको डर हुने उनले बताए ।

केही कम्पनीहरुमा सयौंको संख्यामा नेपालीहरुले एकैपटक विदाको अनुमति मागेका आफूले पनि सुनेको उनले बताए ।

कोरियाको सिउल नजिक रहेको ख्वाङ्जु प्रान्तमा रहेका सन्तोष बोगटी पनि आफ्नो क्षेत्रका नेपाली सुरक्षित रहेको बताउँछन् । विस्तारै कोरोना संकरमण बढ्न थालेपछि केही हदसम्म ‘डर’ भने रहेको उनले खबरहबसँग भने । बोगटी अहिले कोरियामा मास्कको अभाव हुन थालेको बताउँछन् । बाहिर सकेसम्म नजान भनिएका कारण घर भित्रै बस्ने गरेको उनले सुनाए ।

‘अहिले मास्क समेतको अभाव हुन थालेको छ । केही अगाडिसम्म ३ हजार वनमा पाइने मास्क अहिले ९ हजार वन तिर्नू परिरहेको छ’ उनले भने ।

बोगटीका अनुसार दक्षिण कोरिया सरकारले स्वास्थ्य उपचारको राम्रो व्यवस्था गरेको छ ।

‘हामी अहिलेसम्म सुरक्षीत छौं । यहाँको सरकारले स्वास्थ्य उपचारको राम्रो व्यवस्था गरेको छ’ उनले भने,‘सुत्ने भन्दा बाहेकको समयमा मास्क लगाउन भनिएको छ, हामीले अहिले त्यही गरिरहेका छौं ।’

रोजगारीका लागि ह्वासङ पुगेका अर्का नेपाली बसन्त बमले कोरियाको उत्तरी भेगमा कोरोना भाइरस संक्रमणको त्रास बढी रहेको भएपनि सिउल वरपर भने सामान्य रहेको बताए ।

‘सुन्नमा आए जस्तो भयङ्कर समस्या हाम्रो क्षेत्रमा छैन । हिजो र अस्तिको दिन कोरोना संक्रमण बढेको हो । हामी कम्पनी भित्रै हुन्छौं तर, बाहिरबाट आउने यहिँको स्थानीय भाइरस संकरमण भएर आए भने समस्या हो,’ बसन्त बलमे भने ।

नेपाल फर्कने ‘आश’

कोरियामा संक्रमण फैलदै गएपछि रोजगारी र अध्ययनका लागि पुगेका नेपालीले स्वदेश फर्कने चाहेका छन् । कृष्ण अधिकारी जस्तै कयौं नेपालीले स्वदेश फर्कने चाहेको बताए ।

‘केही साथीहरुको नेपाल फर्कने टिकट रद्द भएका छन् । कम्पनी बन्द भएपछि आउन पाइँदैन होला । त्यसैले अहिले नै टिकट पाउने अवस्था भए घर फर्किने योजनामा छु,’ उनले भने ।

कोरोना लागेर स्वदेश फर्किनु भन्दा पहिला नै देश फर्कन चाहेको उनले बताए ।

अधिकारी भन्छन्,‘घरबाट फोन गर्दा नेपाल आउ भन्छन् । तर, के गर्नु देशमा रोग लिएर जानु भन्दा नजाने योजना पनि बन्दैछ । मैले काम गर्ने कम्पिनीमा १५–१६ जना नेपाली छौं । तर, नेपाल जानेभन्दा पनि यही सुरक्षित बस्नु पर्छ भन्ने कुरा भइरहेको छ ।’

बुसानमा रहेका विनोद सापकोटा भने स्वास्थ्यमा ख्याल गर्न सकियो भने कोरोना संक्रमणबाट बच्न सकिने भएकाले दक्षिण कोरियामा रहेका नेपालीहरुले आफ्नो स्वास्थ्य, बाहिरी मानिससँगको सम्पर्कबाट बच्नु पर्ने बताउँछन् ।

‘कोरोना रोगको संक्रमण रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा बढी देखिने गरेको सुनेको छु’ उनले भने,‘बाहिरी मानिससँगको सम्पर्कमा सजग हुने, मास्क लगाउने, सुरक्षित खानपान गर्ने हो भने तत्काल डराइहाल्नु पर्ने अवस्था छैन ।’

भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ

नेपाली राजदूतावासको आग्रह–सुरक्षित रुपमा रहनुस्

कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपालीहरुमा आग्रह गरेको छ ।

राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना संक्रमणबाट सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो ।

नेपाली राजदूतावास सिओलले हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ ।

राजदूतावासले कोरोनाको संक्रमण भएको आशंका भएमा स्वास्थ्य संस्थाहरुमा गएर चेक जाँच गर्न नेपालीहरुलाई आह्वान गरेको छ ।
अवैधानिक रुपमा कोरिया बसेकाहरुमा माथि पनि कोरिया सरकारले कोरोना जाँचका क्रममा सोधपुछ र देश फिर्ता नगर्ने विज्ञप्तिमा जनाइएको छ ।

‘कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरु समेत सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानूनी हैसिुयतका बारेमा नसोध्न अस्पतालहरुलाई निर्देशन दिइएको सम्बन्धमा कोयिरयाको अध्यागनमन विभागले गरेको लिखित पत्राचार बारे प्रषित गरिएको थियो ’ विज्ञप्तिमा भनिएको छ ।

फागनु ४ गते सरकारले चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरेको थियो । कोरोना भाइरसको उद्गम स्थल चीनको हुबेई प्रान्तको वुहानलगायतका क्षेत्रमा रहेको १ सय ७५ जनालाई सरकारले उद्धार गरि भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखेको छ ।

दक्षिण कोरियामा पनि कोरोना संक्रमण बढ्दै गयो भने चीनबाट जस्तै नेपालीलाई उद्धार गर्न नेपाल सरकार सक्षम होला ? प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : ०७ बजे

समिति बनाएरै सहकारी सञ्चालक र आफन्तको नामको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्छौं : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार