नाम कमाउन २० औं वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट | Khabarhub Khabarhub

नाम कमाउन २० औं वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वारेन बफेट प्रसिद्ध अमेरिकी व्यवसायी हुन् । फोर्स पत्रिकाले निकाल्ने विश्वका धनी व्यक्तिहरुको सूचीमा उनको नाम आउँछ । उनको जन्म सन् १९३० अगस्ट ३० मा भएको थियो ।

वारेन बफेटका प्रेरक भनाइहरु :

१. आफ्नो नाम कमाउनका लागि २० वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट पनि लाग्दैन । यदि त्यो सम्झेर तिमीले काम गर्‍र्यौ भने फरक तरिकाले काम गर्न थाल्दछौ ।

२. तिमीभन्दा राम्रा व्यक्तिको संगत गर, जसले गर्दा तिमी पनि अझ राम्रो गर्ने बाटोमा हिँड्न थाल्छौ ।

३. मैले हाम फाल्नको लागि सात फुटको बार हेर्दिन । मैले त एक फुटको बार हेर्छु जसलाई म नाघ्न सकुँ ।

४. म बताउँछु तिमीलाई धनी कसरी हुने– ढोका बन्द गर । अरु लोभी हुँदा आफूले डर मान र अरु डराउँदा आफू लोभी बन ।

५. सफल लगानीकर्ताका लागि अनुशासन र धैर्यता अपरिहार्य तत्व हुन् ।

६. तिमीले खराब मानिससँग राम्रो सम्झौता गर्न सक्दैनौ ।

७. व्यवसायमा सफल भएका मानिसहरु तिनै हुन् जसले आफूले मन पराउने काम गरे ।

८. सबैभन्दा ठूलो लगानी आफ्नो विचार, आफ्नो व्यक्तित्वमा गर ।

९. असाधारण नतिजा प्राप्त गर्नका लागि असाधारण काम गर्न जरुरी छैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ११ : २० बजे

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक