जलेर एकल महिलाको मृत्यु « Khabarhub

जलेर एकल महिलाको मृत्यु


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ ।

अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु भएको र उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

सोही आगलागीमा परी घरमा रहेको फर्निचर, फ्रिज, खाद्यान्न लगायतका समानसमेत जलेर नष्ट हुँदा करिब रु दुई लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : ३३ बजे

‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’

म्याड्रिड- उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टनवर्गले

सरकारले विभिन्न क्षेत्रमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्ने

काठकाडौँ– सरकारले हरेक क्षेत्रमा भएको अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर

चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

वासिङ्टन- युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ– सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै

बङ्गलादेशमा ५ देखि १२ वर्षका बालबालिकालाई खोप लगाइने

ढाका- बङ्गलादेशमा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको